भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौँमा बिहानै वर्षा, खराब मौसमले उडान प्रभावित

काठमाडौँमा बिहानै वर्षा, खराब मौसमले उडान प्रभावित

काठमाडौँ, १८ वैशाख । राजधानी काठमाडौँमा आज बिहानैदेखि वर्षा भइरहेको छ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न भागमा वर्षा भएको छ।

हल्का वर्षासँगै काठमाडौँको आकाश पूर्णरूपमा बादलले ढाकिएको छ। प्रतिकूल मौसमका कारण आन्तरिक र बाह्य उडानहरू प्रभावित भएका छन्। काठमाडौँबाट हुने विभिन्न गन्तव्यका उडानहरूमा ढिलाइ भएको छ।

मौसमविद्हरूका अनुसार, आगामी दुई दिनसम्म देशका अधिकांश क्षेत्रमा बदली र वर्षाको सम्भावना छ। बागमती, कोशी र मधेस प्रदेशका जिल्लाहरूमा बिहानैदेखि पानी परिरहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकोले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.