भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति

रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति

काठमाडौं । सहकारी संस्थाका बचत ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिले २६ जनासँग आवश्यक सोधपुछ गर्ने भएको छ। समितिका सभापति सूर्य थापाका अनुसार २६ जनासँग समितिले सोधपुछ गर्ने निर्णय गरेको छ।

तथ्यमा केन्द्रित रहेर समितिले सोधपुछ गर्नेसमेत उनले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २६ जनामाथि समितिले सोधपुछ गर्न लागेको हो। सहकारीका बचत ठगी प्रकरणमा लामिछाने पनि संलग्न रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि उक्त समिति गठन गरिएको थियो।

ओरेन्टलका निलम्बित अध्यक्ष सुधीर बस्नेत, साझा सहकारी संस्थापक विश्वबन्धु थापासँग समेत छलफल गरेको उनले बताए ।

 

 


Thali Mobile Pvt.Ltd.