भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

दुई हजार नेपाली श्रमिकलाई ‘केयरगिभर’का रुपमा लैजान इजरायल सहमत

दुई हजार नेपाली श्रमिकलाई ‘केयरगिभर’का रुपमा लैजान इजरायल सहमत

काठमाडौैंं । इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ। एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार गरी दुई हजारसम्म नेपाली लैजान सकिनेगरी सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए।

यसबारेमा हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोदारबीच पनि कुराकानी भएको थियो । मन्त्री भण्डारीसँगको शिष्टाचार भेटमा राजदूत गोदारले इजरायल नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको जानकारी समेत गराएका थिए ।

भेटमा द्विपक्षीय श्रम सम्बन्ध साथै ‘जिटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रुपमा नेपाली श्रमिक इजरायल पठाउने क्रममा भइरहेको छनोट प्रक्रियाबारे पनि छलफल भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.