भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुई हजार नेपाली श्रमिकलाई ‘केयरगिभर’का रुपमा लैजान इजरायल सहमत

दुई हजार नेपाली श्रमिकलाई ‘केयरगिभर’का रुपमा लैजान इजरायल सहमत

काठमाडौैंं । इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ। एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार गरी दुई हजारसम्म नेपाली लैजान सकिनेगरी सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए।

यसबारेमा हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोदारबीच पनि कुराकानी भएको थियो । मन्त्री भण्डारीसँगको शिष्टाचार भेटमा राजदूत गोदारले इजरायल नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको जानकारी समेत गराएका थिए ।

भेटमा द्विपक्षीय श्रम सम्बन्ध साथै ‘जिटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रुपमा नेपाली श्रमिक इजरायल पठाउने क्रममा भइरहेको छनोट प्रक्रियाबारे पनि छलफल भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.