भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

इजरायली सेनाको चेतावनी : प्यालेस्टिनीहरूलाई खान युनिस शहर तुरुन्त खाली गर्न आदेश

इजरायली सेनाको चेतावनी : प्यालेस्टिनीहरूलाई खान युनिस शहर तुरुन्त खाली गर्न आदेश

गाजा, ५ जेठ । इजरायली सेनाले गाजाको खान युनिस शहरमा बसोबास गर्ने प्यालेस्टिनी नागरिकहरूलाई तुरुन्त शहर खाली गर्न आदेश दिएको छ। बीबीसीका अनुसार इजरायली सेनाले खान युनिस, बानी सुहेला र अबासन क्षेत्रका बासिन्दाहरूलाई तत्काल ती ठाउँहरू छोड्न भनेको हो।

इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ता अवीचाई आड्राईले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत जानकारी दिँदै ती क्षेत्रमा आतङ्कवादी संगठनहरूको शक्तिलाई नष्ट गर्न “अभूतपूर्व सैन्य कारबाही” सुरु गर्न लागिएको बताएका छन्। उनका अनुसार अब खान युनिस क्षेत्रलाई “खतरनाक युद्ध क्षेत्र” मानिनेछ।

यसअघि पनि इजरायली सेनाले गाजामा “ठूलो स्थल कारबाही” सञ्चालन भइरहेको घोषणा गरिसकेको छ। यसैबीच, १० हप्तासम्मको कडा नाकाबन्दीपछि भोकमरीको अवस्था नबिग्रियोस् भनी इजरायलले गाजामा सीमित मात्रामा राहत सामग्री, विशेषगरी खाना, पठाउन अनुमति दिएको बताइएको छ।

हाल गाजामा युद्ध, मानवीय संकट र खाद्य अभावका समस्या थप जटिल बन्दै गएको छ। अन्तर्राष्ट्रिय समुदायले युद्धविराम र नागरिक सुरक्षाका लागि बारम्बार आग्रह गरिरहँदा इजरायली सेनाको नयाँ चेतावनीले अवस्था अझ तनावपूर्ण बनाएको छ।

 


Thali Mobile Pvt.Ltd.