भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर भोलि मंगलबार अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गर्ने

गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर भोलि मंगलबार अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गर्ने

भक्तपुर, ५ जेठ । भक्तपुर नगरपालिका वडा नं. ४ गःहिटीमा अवस्थित ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर अब उद्घाटनको अन्तिम तयारीमा पुगेको छ। भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको उक्त मन्दिरको उद्घाटन जेठ ६ गते बिहान ७ बजे हुने भएको हाे । मन्दिरकाे उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले गर्नुहुने छ । 

नगरपालिकाले सम्पदा संरक्षण तथा सांस्कृतिक पुनर्जीवनको पहलस्वरूप यो मन्दिर पुनःनिर्माण गरेको हो। लामो समयदेखि जीर्ण अवस्थामा रहेको लक्ष्मीनरसिंह मन्दिरलाई परम्परागत शैली र सामग्रीको प्रयोग गर्दै पुनःनिर्माण गरिएको छ। स्थानीय काठ, इँटा, ढुंगा र कला-शिल्पको प्रयोगले मन्दिरमा मौलिकता कायम गरिएको छ।

नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सम्पूर्ण भक्तजन, स्थानीय बासिन्दा, सरोकारवाला निकाय तथा संस्कृतिप्रेमीहरूलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ। उद्घाटनपछि विशेष पूजाआजा सहीतका कार्यक्रम सञ्चालन हुने बताइएको छ।

लक्ष्मीनरसिंह मन्दिर भक्तपुरको सांस्कृतिक र धार्मिक इतिहासमा महत्वपूर्ण सम्पदा हो। मन्दिरको पुनःनिर्माणले पुरातात्त्विक संरक्षणमा नगरपालिकाको सक्रियता झल्काएको छ।

 


Thali Mobile Pvt.Ltd.