भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सांसदहरूको आग्रह : सांसद विकास कोषका नाममा बदनाम नगराइदिनु

सांसदहरूको आग्रह : सांसद विकास कोषका नाममा बदनाम नगराइदिनु

काठमाडौँ, ५ जेठ । सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा सांसद विकास कोषको नाममा सांसदहरूमाथि आलोचना हुने गरी बजेट नबाँड्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राजेन्द्रकुमार केसीले सांसद विकास कोषमार्फत सांसदहरूलाई बदनाम बनाउने प्रयास नगर्न आग्रह गरे। उनले ३४ अर्ब रुपैयाँ सांसद कोषमा छुट्याइने तयारी भएको भन्ने समाचारप्रति असन्तुष्टि जनाउँदै भने, “सांसदहरू आफ्ना क्षेत्रको योजना पहिचानमा सहभागी हुन चाहन्छन्, तर त्यसको नाममा बजेटको राजनीति गरेर बदनाम गरिँदैछ।”

सांसद केसीले चालु आर्थिक वर्षमा १४ खर्ब राजस्वको अनुमान गरिए पनि हालसम्म साढे ९ खर्ब पनि उठ्न नसकेको भन्दै लोकप्रियता कमाउने शैलीको (पपुलिष्ट) बजेट नल्याउन आग्रह गरे। साथै, बजेट निर्माण प्रक्रियामा केवल कर्मचारीको प्रभाव बढ्दै गएको चर्चा रहेको भन्दै उनले त्यसप्रति पनि चिन्ता व्यक्त गरे।

सांसद सूर्यप्रसाद ढकालले बजेटले नेपाली युवालाई विदेश जानबाट रोक्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने खालको नीति ल्याउनुपर्नेमा जोड दिए। साथै, कृषिमा आधारित अर्थतन्त्र भएकोले कृषिमा आत्मनिर्भरता ल्याउने नीति बजेटमार्फत अघि बढाउनुपर्ने बताए।

त्यस्तै, सांसद रामकृष्ण यादवले सरकारको काम गर्ने गति नागरिकको अपेक्षाअनुसार हुनु पर्नेमा जोड दिँदै, कृषि क्षेत्रमा बिचौलियाको प्रभाव घटाउने नीति बजेटमा समेटिनुपर्ने धारणा राखे। उनले संसद र सांसदको क्षमता र मूल्यमान्यता वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।

सांसदहरूको सामूहिक भनाइमा आगामी बजेट लोकलुभावन होइन, दीर्घकालीन रणनीति र उत्पादनमुखी हुनेगरी निर्माण गर्नुपर्ने सन्देश स्पष्ट देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.