भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो, ४ जना घाइते

जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो, ४ जना घाइते

जाजरकोट । जाजरकोटमा पहिरोले भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ४ जना घाइते भएका छन्।

कुशे गाउँपालिका ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए। घाइते हुनेमा वर्ष ३५ का दलसरी थापा, उनकी छोरी ४ वर्षीया हस्तीका थापा, वर्ष २९ की कमला थापा, र १७ वर्षीया निरमाया थापा रहेका छन्।

घाइतेहरू मध्ये विष्णु एकको अवस्था गम्भीर छ। राति भएको घटना लगत्तै वडा अध्यक्ष डिल्ली बहादुर सिंहले जानकारी गराए पश्चात् प्रहरी चौकी पैंकबाट घटनास्थलमा पुगी घाइतेहरूलाई उद्धार गरिएको थियो।

 

 


Thali Mobile Pvt.Ltd.