काठमाडौं । शहरमा बस्नेहरूलाई निःशुल्क रुपमा जमरा वितरण गरिएको छ ।
काठमाडौंको सिनामंगल ९ भत्केपुलमा रहेको लक्ष्मीनारायण मन्दिर समितिले टीका लगाउन भनेर निःशुल्क जमरा वितरण गरेको हो ।
बाहिरबाट काठमाडौं आई बसेकाहरूलाई निःशुल्क जमरा वितरण गरेको लक्ष्मी नारायण मन्दिर समितिका संयोजक दिनेशविक्रम शाहले बताए ।