भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

गाजामा राहत अभावले बालबालिकाको कुपोषण संकट चरम, संयुक्त राष्ट्रसङ्घको चेतावनी

गाजामा राहत अभावले बालबालिकाको कुपोषण संकट चरम, संयुक्त राष्ट्रसङ्घको चेतावनी

काठमाण्डौ, २४ साउन । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (OCHA) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित भएकाले बालबालिकासहित नागरिकहरू गम्भीर भोकमरी र कुपोषणको सङ्कटमा परेको चेतावनी दिएको छ।

मानवीय संस्थाहरूका अनुसार गाजाका बालबालिकामा तीव्र कुपोषणको दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। साझेदार संस्थाहरूले अत्यावश्यक पोषण सामग्री गाजामा पुग्न नसक्दा स्थिति झन् जटिल बन्दै गएको बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठन (WHO) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आधारभूत सेवामा पहुँच सीमित हुँदा कुपोषण र भोकमरीसँग सम्बन्धित मृत्युका घटना बढिरहेको जानकारी दिनुभएको छ।

अघिल्लो महिना जुलाईमा मात्र पाँच वर्षमुनिका झन्डै १२ हजार बालबालिका गाजामा तीव्र कुपोषणबाट पीडित भएको तथ्याङ्क सार्वजनिक भएको थियो। इजरायल र हमासबीचको चलिरहेको संघर्षका बीच यो मानवीय सङ्कट झन् चर्कँदै गएको हो।

 


Thali Mobile Pvt.Ltd.