भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गाजामा राहत अभावले बालबालिकाको कुपोषण संकट चरम, संयुक्त राष्ट्रसङ्घको चेतावनी

गाजामा राहत अभावले बालबालिकाको कुपोषण संकट चरम, संयुक्त राष्ट्रसङ्घको चेतावनी

काठमाण्डौ, २४ साउन । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (OCHA) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित भएकाले बालबालिकासहित नागरिकहरू गम्भीर भोकमरी र कुपोषणको सङ्कटमा परेको चेतावनी दिएको छ।

मानवीय संस्थाहरूका अनुसार गाजाका बालबालिकामा तीव्र कुपोषणको दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। साझेदार संस्थाहरूले अत्यावश्यक पोषण सामग्री गाजामा पुग्न नसक्दा स्थिति झन् जटिल बन्दै गएको बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठन (WHO) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आधारभूत सेवामा पहुँच सीमित हुँदा कुपोषण र भोकमरीसँग सम्बन्धित मृत्युका घटना बढिरहेको जानकारी दिनुभएको छ।

अघिल्लो महिना जुलाईमा मात्र पाँच वर्षमुनिका झन्डै १२ हजार बालबालिका गाजामा तीव्र कुपोषणबाट पीडित भएको तथ्याङ्क सार्वजनिक भएको थियो। इजरायल र हमासबीचको चलिरहेको संघर्षका बीच यो मानवीय सङ्कट झन् चर्कँदै गएको हो।

 


Thali Mobile Pvt.Ltd.