भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

जनार्दन र प्रचण्डबीच सवाल जवाफ, ‘ममाथि अत्याचार भनिराख्न जरुरी छैन’

जनार्दन र प्रचण्डबीच सवाल जवाफ, ‘ममाथि अत्याचार भनिराख्न जरुरी छैन’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै सवाल जवाफ चर्किदै गएको छ। माओवादी केन्द्रको काठमाडौं रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यस्तो सवाल जवाफ चर्किएको हो ।

बिहानमात्रै खुमलटार पुगेर प्रचण्डसँग भेटेका उपमहासचिव शर्माले प्रचण्डसामु उनले बद्नाम गराउने प्रयास भइरहेको गुनासो गरे । अध्यक्ष प्रचण्डसामु भने, ‘पार्टीको उच्च तह र नेतृत्वको वरिपरिबाट देशभरि मैले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिँदैछ ।

नेतृत्व वरिपरिबाट मेरो सीधा कुरा छ, त्यसमा उहाँको भूमिका कति छ छैन, उहाँले भन्नुहोला । त्यो कुराको खण्डन अध्यक्षले नै गर्नुपर्छ । म प्रत्येक पार्टी सदस्यसँग गएर कानेखुसी गरेर भन्न सक्दिनँ ।’ प्रचण्डलाई हटाएर आफ्नो अध्यक्ष बन्ने चाहना नभएको भन्दै पार्टीलाई समाप्त हुन नदिन प्रचण्डलाई वैचारिक धारको नेतृत्व गर्न सुझाव दिएको जनार्दनले बताए ।

नेता शर्माले आफूले १४ वर्षदेखि काम गरेको पार्टी छोड्ने सोच्न नसक्ने स्पष्टीकरण दिए । प्रचण्डलाई भने, ‘एमालेसँग एकता गर भन्नुभयो केपी ओलीको मान्छे भएँ, कांग्रेससँग सहकार्यको लागि वार्ता गर भन्नुभयो, म कांग्रेसको भएँ, माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड म ? म माओवादीको कहिले हुन्छु होला ? हुन पाउनुप¥यो नि ? ४८ वर्ष भइसक्यो पार्टीमा लाग्या, माओवादी हुन पाउनुपर्दैन म ? त्यसकारण तथ्य छाडेर भ्रम सिर्जना गरेर केही हुँदैन ।’

 


Thali Mobile Pvt.Ltd.