भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

नेतृत्व छाड्न प्रचण्डलाई नेता जनार्दनको प्रस्ताव

नेतृत्व छाड्न प्रचण्डलाई नेता जनार्दनको प्रस्ताव

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व छाड्न नेकपा माओवादी केन्द्रका नेता जनार्दशन शर्माले सुझाव दिएका छन् । जारी स्थायी कमिटी बैठकमा पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभारबारे लिखित प्रतिवेदन पेश गर्दै नेता शर्माले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न प्रचण्डलाई सुझाव दिएका हुन् । २०४३ सालदेखि निरन्तर माओवादीका नेतृत्व गरिरहेका प्रचण्डलाई औपचारिकरूपमै नेतृत्व छाड्न पार्टीमा नेताको तर्फबाट पेश भएको सम्भवतः यो पहिलो लिखित प्रस्ताव हो ।

नेतृत्व हस्तान्तरण सम्बन्धमा उनले भनेका छन्,अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण । शर्माले प्रचण्डमाथि परिवारवाद लादेको तथा वैचारिक मत राख्ने नेताहरूलाई बदनाम गर्न पार्टी तथा राज्यसत्ताको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् ।

साथै उनले आफ्नो प्रस्तावलाई पूर्वाग्रहको रुपमा नलिन पनि अनुरोध गरेका छन् । बहुपदीय भए पनि कम्युनिस्ट पार्टी सामूहिक नेतृत्व प्रणालीमा अटेका छैनन्। जनवादी केन्द्रीयता भनिए पनि निर्णयमा सामूहिकता अत्यन्तै कमजोर बन्न पुगेको छ। माओवादी केन्द्रमा त प्रचण्ड नै सर्वेसर्वा छन्। २०५२ सालदेखि शान्ति प्रक्रियासम्म पार्टी केन्द्रीकृत ढाँचामा चल्यो। २०७२ मा संविधान जारी भए पनि सामूहिक प्रणालीमा नचलेकाले अहिले प्रश्न प्रचण्डमै केन्द्रित छ।

शनिबारदेखि सुरू भएको स्थायी समिति बैठकमा पनि पार्टी नेतृत्वबारे प्रश्न उठेका छन्। उपमहाचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा १४ पृष्ठ लामो सुझाव प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिएका छन्। त्यसका लागि उनले तीन वटा विकल्प प्रस्तुत गरेका छन् । शर्माले भावावेशमा आएर नेतृत्व छाड्न सुझाव दिएका भने होइनन् । उनले लामो कारण खुलाएका छन् । जनयुद्धुका दौरान अध्यक्ष प्रचण्डको नेतृत्व सफल भएको उनको बुझाइ छ ।

सशस्त्र संघर्षलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्दै पहिलो संविधान सभाको निर्वाचनमा होमिँदा पार्टीले प्रत्यक्षतर्फ १२० स्थान जितेको थियो। त्यतिबेला माओवादीले ३१ लाख मत प्राप्त गरेको र त्यसयता १४ लाख,११ लाख हुँदै खुम्चँदै शून्यतर्फ अभिमुख भइरहेको शर्माको भनाइ  छ । माओवादीको विचार के हो, कुन विचार, संगठनात्मक पद्धतिमा टेकेर पार्टी पुनर्निर्माण गर्ने हो भन्ने मूल प्रश्न छ । २०७२ को संविधानमार्फत के(के उपलब्धी हासिल भएरु के(के उपलब्धीको अपनत्व हामीले लिनुपर्ने होरु कुन बाँकी छन्रु यी अन्तरविरोध बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.