भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ

बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ

बारा, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही गाउँका करिब ६५ वर्षीय असम्जान मियाँ रहेको प्रहरीले जनाएको छ । बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ । प्रहरीले घटनाबारे कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाएको जनाएको छ ।

आरोपीलाई पक्राउ गरी प्रहरी चौकीमा ल्याएपछि आक्रोशित स्थानीयले राति प्रहरी चौकी घेराउ गरेका थिए । उनीहरूले आरोपितमाथि कडा कानुनी कारबाही गर्न माग गर्दै प्रदर्शनसमेत गरेका थिए ।

राति करिब ९ः२० बजेपछि प्रहरी चौकी आसपासको अवस्था तनावपूर्ण बनेको थियो । स्थानीयले आरोपितलाई आफ्नो जिम्मा लगाउनुपर्ने मागसमेत गरेका थिए । प्रहरीले भने आरोपितलाई नियन्त्रणमै राखेर घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

घटनापछि इनर्वाशिरा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.