भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने

इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने

एजेन्सी, २ असोज । अमेरिकाले इरानका राष्ट्रपति मसुद पेजेस्कियन र विदेशमन्त्री अब्बास अराघचीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भिसा दिने भएको छ ।

अमेरिका र इरानबीचको युद्ध सातौँ महिनामा प्रवेश गर्न लागेका बेला इरानी उच्च अधिकारीलाई महासभामा सहभागी हुन अनुमति दिने अमेरिकी निर्णय सार्वजनिक भएको हो । बीबीसीका अनुसार उनीहरूलाई महासभामा सहभागी हुन भिसा उपलब्ध गराइनेछ ।

यद्यपि इरानी प्रतिनिधिमण्डलमाथि अमेरिकाभित्र आवतजावतसम्बन्धी केही प्रतिबन्ध भने कायम रहनेछन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार उनीहरूलाई विलासी तथा अन्य अमेरिकी सामान खरिद गर्नसमेत रोक लगाइनेछ । यसअघि गत वर्ष पनि अमेरिकाले इरानी कूटनीतिज्ञमाथि विभिन्न प्रकारका खरिद प्रतिबन्ध लगाएको थियो ।

अमेरिका र इरानबीच जारी द्वन्द्वको प्रभाव विश्वव्यापी ऊर्जा बजारमा समेत परेको बताइएको छ । द्वन्द्वको असर इरानका छिमेकी मुलुकसम्म फैलिएको अवस्थामा युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि घरेलु तथा अन्तर्राष्ट्रिय दबाबसमेत बढिरहेको छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत उच्चस्तरीय छलफल आगामी मंगलबारदेखि सुरु हुँदैछ । महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलगायत विभिन्न देशका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आगामी बुधबार युक्रेन, सिरिया र इरानका नेताले सम्बोधन गर्ने अपेक्षा गरिएको छ । यसैबीच, अमेरिकाले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास र प्यालेस्टिनी प्रतिनिधिमण्डललाई भने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भिसा नदिएको बीबीसीले जनाएको छ ।

महासभामा सहभागी हुन इरानी अधिकारीलाई भिसा दिने अमेरिकी निर्णय अमेरिका–इरान तनावकै बीच आएको हो । यसले दुई देशबीचको कूटनीतिक सम्बन्ध र अन्तर्राष्ट्रिय मञ्चमा हुने संवादलाई समेत चर्चामा ल्याएको छ ।

 


Thali Mobile Pvt.Ltd.