भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

क्विन्सल्याण्डस्थित हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु

क्विन्सल्याण्डस्थित हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु

काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित एउटा होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड हो । उक्त हेलिकप्टरमा पाइलट मात्रै सवार थिए ।

दुर्घटना लगतै आगलागी भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिएको थियो । होटलका ८० र ७० वर्षका दुई जना पाहुनालाई अस्पताल भर्ना गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ

प्रत्यक्षदर्शीका अनुसार पानी परिरहेका बेला हेलिकप्टर बत्ती नबाली निकै तलबाट आएको र होटलको छतमा ठोक्किएर दुर्घटना भएको थियो । होटलमा ठोकिदा हेलिकप्टरका दुईवटा पंखा भाँचिए र स्विमिङ पुलमा खसेको थियो ।

प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.