भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

चलचित्र सिटामोलको जापान राइट सोल्डआउट

चलचित्र सिटामोलको जापान राइट सोल्डआउट

काठमाडौं । चलचित्र सिटामोलको जापान राइट सोल्डआउट भएको छ । जापनाका लागि गरिमा फिल्म प्रालीले चलचित्र सिटामोलको प्रदर्शन अधिकार प्राप्त गरेको छ । तुल्सी देवी फिल्मको बयानरमा निर्मीत चलचित्र सिटामोलको जापान प्रदर्शन अधिकारका लागि वैशाख २८ गते सम्झौता भएको निर्माण पक्षले जनाएको छ ।

सम्झौता अनुसार नेपाल र जापानमा एकै समयमा चलचित्रको प्रदर्शन हुने छ । चलचित्र सिटामोलमा नाएक सौगात मल्ल र नायीका बेनीसा हमालको मुख्य भुमिका रहेको छ । निर्देशक राजबहादुर सानेको लेखन र तथा निर्देशनमा बनेको चलचित्र सिटामोलको छायाँकन सकिएर पोष्ट प्रोडक्सनको काम भइरहेको छ ।

तिजको अवसर पारी प्रदर्शन गर्ने गरी तयारी गरिएको चलचित्रका निर्माता भुगोल कार्कीले जानकारी दिएका छन् । तुलसी देवी फिल्म प्रालीको ब्यानरमा निर्माण भएको सिनेमामा सौगातले जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन् ।चलचित्र सिटामोलको जापान राइट सोल्डआउट

सिनेमामा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।

बाबुल गिरीको संगीत रहेको सिनेमालाई दिव्य सुवेदीले खिचका छन् । सिनेमामा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.