भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जसपा नेपाल तीन टुक्रामा विभाजित

जसपा नेपाल तीन टुक्रामा विभाजित

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल तीन टुक्रामा विभाजित भएको छ । उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपालबाट छुट्टिएर प्रा डा महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा गठन भएको छ। आइतबार मात्रै यादवबाट अलगिएर अशोक राई समूहले जनता समाजवादी पार्टी गठन गरेका थिए ।

यादवको स्वच्छाचारी प्रवृत्तिका कारण पार्टी भताभुंग भएर टुक्राटुक्रामा विभाजित भएको असन्तुष्ट पक्षले बताएको छ । तर, उपेन्द्र यादवले पार्टी फुटको कारण व्यक्तिगत स्वार्थ रहेको प्रष्टीकरण गरेका छन् । पार्टीका वरिष्ठ नेता अशोक राईले यादवसँग डिभोर्स गरेको पाँच दिनपछि लावती समूहले पार्टी टुक्र्याएका हुन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेर पहिचानवादी मोर्चा घोषणा गरेका छन् । पार्टीका मुख्य नेतृत्वहरू पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको डा. लावतीको आरोप छ।

 


Thali Mobile Pvt.Ltd.