भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जसपा नेपालका तीन सांसदसहित १८ जना भन्दा बढी नेता–कार्यकर्ता पक्राउ

जसपा नेपालका तीन सांसदसहित १८ जना भन्दा बढी नेता–कार्यकर्ता पक्राउ

मुख्य बुँदा 

जसपा नेपालका ३ सांसदसहित १८ भन्दा बढी नेता–कार्यकर्ता पक्राउ

गौर हत्याकाण्डको विषयमा मसाल जुलुस निकाल्दा नियन्त्रणमा लिइयो

संघीय सांसद मनिष सुमन, प्रदेश सांसद किरन साह र अम्बिका काफ्ले पक्राउमा

२०६३ सालको गौर हत्याकाण्डमा २७ जनाको हत्या भएको थियो

सर्वोच्च अदालतको परमादेशपछि रौतहट प्रहरीलाई छानबिन अघि बढाउन आदेश

जसपा अध्यक्ष उपेन्द्र यादव समेत अनुसन्धानमा तानिने, सहयोग गर्न तयार रहेको अभिव्यक्ति

काठमाडौँ, ३ भाद्र । नेपाल समाजवादी पार्टी (जसपा नेपाल) का तीन जना सांसदसहित १८ जनाभन्दा बढी नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बबरमहलबाट गौर हत्याकाण्डको विषयमा जसपा नेपालले मसाल जुलुस निकाल्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी नियन्त्रणमा परेकामध्ये जसपा नेपालका संघीय सांसद एवं प्रवक्ता मनिष सुमन, मधेस प्रदेश सांसद किरन साह, लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्ले रहेका छन् ।

त्यसैगरी पूर्व मधेस प्रदेश सांसद विक्की यादव, पूर्व सांसद शशि कपुर मिया, समाजवादी महिला संघकी केन्द्रीय अध्यक्ष निर्मला यादव, युवा संगठन महासचिव दिलिप पटेल, उपमहासचिव रेनु राज सिंह, सचिव मनिष यादव, विद्यार्थी संघ अध्यक्ष मनिष यादव र केन्द्रीय सदस्य बबी सिंहलाई समेत पक्राउ गरिएको जसपा नेता महेश चौरसियाले जानकारी दिएका छन् ।

२०६३ साल चैत ७ गते रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी–निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाबीचको झडपमा माओवादी पक्षका २७ जनाको हत्या भएको थियो । उक्त घटनामा पीडित पक्षले प्रहरी अनुसन्धान अघि नबढाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सोमबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटलाई छानबिन अघि बढाउन परमादेश जारी गरेपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव समेत अनुसन्धानमा तानिने भएका छन् । तर उनले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.