काठमाडौं । हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको मुख्य कारागारमा हतियारधारी गिरोहले आक्रमण गरी हजारौं कैदी भगाएका छन् । करिब ४ हजार पुरुष कैदीमध्ये धेरैजसो भागेको संचारमाध्यमले जनाएका छन् ।
अधिकांश कैदीहरु सन् २०२१ मा राष्ट्रपति जोभेनेल मोइसको हत्या आरोपमा पक्राउ परेका गिरोहका सदस्य हुन । कारागार रक्षक झडपमा परी ४ प्रहरीको मृत्यु भएको छ ।
दोहोरो हानाहानमा थप पाँच प्रहरी घाइते भएका छन् । आर्थिक रुपले पछि रहेको हाइटीमा हिंसा निकै बढेको छ ।
प्रधानमन्त्री एरियल हेनरीलाई हटाउने लक्ष्य सहित हिंसा बढाइरहेका गिरोहले राजधानी पोर्ट(ओ(प्रिन्सको झण्डै ८० प्रतिशत हिस्सामा दबदबा कायम राखेका छन् ।
केन्याको नेतृत्वमा बहुराष्ट्रिय सुरक्षा बल हाइटीमा पठाउने विषयमा छलफल गर्न प्रधानमन्त्री एरियल नैरोबी गएको मौका छोपी हिंसात्मक गतिविधि बढाएको बीबीसीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
रुपन्देही, ६ वैशाख । बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार, टिका बिष्ट क्षेत्री नामक युवतीलाई कम्मरको भागमा गोली लागेको हो। प्रहरीका अनुसार,...
काठमाडौं, १ वैशाख । उच्च अदालत विराटनगर, इलाम इजलासले प्रेम सम्बन्धमा रहेका जोडीहरूले सहमतिमा गरेको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी नमान्ने निर्णय गरेको छ। यो फैसला मुलुकी अपराध संहिता २०७४...
काठमाडौं, २९ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भारतको आसामबाट पक्राउ परेको खबरले नेपालमा तरंग ल्यायो । चैत १५ को तीनकुने प्रदर्शनलाई हिंसात्मक बनाएको आरोपमा फरार प्रसाईँ भारतमा लुकेको...
काठमाडौँ, २७ चैत । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। कैलालीको घोडाघोडी–१ सुखडस्थित गौरभ आचार्यको घरमा लागुऔषध सेवन भइरहेको गोप्य सूचनाका आधारमा इलाका...