भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जेल तोडेर भागे हजारौं कैदीबन्दी

जेल तोडेर भागे हजारौं कैदीबन्दी

काठमाडौं । हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको मुख्य कारागारमा हतियारधारी गिरोहले आक्रमण गरी हजारौं कैदी भगाएका छन् । करिब ४ हजार पुरुष कैदीमध्ये धेरैजसो भागेको संचारमाध्यमले जनाएका छन् ।

अधिकांश कैदीहरु सन् २०२१ मा राष्ट्रपति जोभेनेल मोइसको हत्या आरोपमा पक्राउ परेका गिरोहका सदस्य हुन । कारागार रक्षक झडपमा परी ४ प्रहरीको मृत्यु भएको छ ।

दोहोरो हानाहानमा थप पाँच प्रहरी घाइते भएका छन् । आर्थिक रुपले पछि रहेको हाइटीमा हिंसा निकै बढेको छ ।

प्रधानमन्त्री एरियल हेनरीलाई हटाउने लक्ष्य सहित हिंसा बढाइरहेका गिरोहले राजधानी पोर्ट(ओ(प्रिन्सको झण्डै ८० प्रतिशत हिस्सामा दबदबा कायम राखेका छन् ।

केन्याको नेतृत्वमा बहुराष्ट्रिय सुरक्षा बल हाइटीमा पठाउने विषयमा छलफल गर्न प्रधानमन्त्री एरियल नैरोबी गएको मौका छोपी हिंसात्मक गतिविधि बढाएको बीबीसीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.