भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

अर्थमन्त्री मास्कीद्वारा देउखर शान्ति बाैद्व विहारको शिलान्यास

अर्थमन्त्री मास्कीद्वारा देउखर शान्ति बाैद्व विहारको शिलान्यास
  1. दाङ । देउखुरीको गढवा गाउँपालिका-३ मा रहेको गोवरडिहा सामुदायिक वनमा देउखर शान्ति बाैद्व विहारको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले  आइतबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन् ।

नेपाल मगर बाैद्व सेवा समाज दाङ क्षेत्र नम्बर १ का अध्यक्ष तथा निर्माण समितिका अध्यक्ष मिनबहादुर ठेडी मगरको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको बाैद्व विहारको शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि मास्कीले शान्ति बाैद्व विहारले शान्तिको केन्द्रको रूपमा विकास हुने बताए ।

संविधानमा उल्लेखनित सवै धर्म, संस्कृतिलाई आफुले समान तरिकाले हेर्ने बताउँदै मन्त्री मास्कीले शान्ति विहारले विश्व शान्तिका लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तुलसीराम अधिकारी,नेपाल मगर बाैद्व सेवा समाजका केन्द्रीय सदस्य बलभद्र कुसारी मगर, लमही आँखा अस्पतालका प्रशासन प्रमुख शमशेर थापा,नेपाल मगर बाैद्व सेवा समाजका लुम्बिनी प्रदेशका उपाध्यक्ष चन्द्र पुन मगर,

नेपाल मगर संघ गढवाका अध्यक्ष आई बहादुर घर्ती मगर, गोवरडिहा सामुदायिक वनका अध्यक्ष शिव यादव लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल मगर बाैद्व सेवा समाज दाङ क्षेत्र नम्बर १ का सचिव तथा निर्माण समितिका सल्लाहकार खुमबहादुर गाहामगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन नेपाल मगर बाैद्व सेवा समाज दाङ क्षेत्र नम्बर १ का कोषाध्यक्ष तथा निर्माण समितिका सल्लाहकार रामबहादुर घर्ती मगरले गरेका थिए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.