नेपाल मगर बाैद्व सेवा समाज दाङ क्षेत्र नम्बर १ का अध्यक्ष तथा निर्माण समितिका अध्यक्ष मिनबहादुर ठेडी मगरको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको बाैद्व विहारको शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि मास्कीले शान्ति बाैद्व विहारले शान्तिको केन्द्रको रूपमा विकास हुने बताए ।
संविधानमा उल्लेखनित सवै धर्म, संस्कृतिलाई आफुले समान तरिकाले हेर्ने बताउँदै मन्त्री मास्कीले शान्ति विहारले विश्व शान्तिका लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तुलसीराम अधिकारी,नेपाल मगर बाैद्व सेवा समाजका केन्द्रीय सदस्य बलभद्र कुसारी मगर, लमही आँखा अस्पतालका प्रशासन प्रमुख शमशेर थापा,नेपाल मगर बाैद्व सेवा समाजका लुम्बिनी प्रदेशका उपाध्यक्ष चन्द्र पुन मगर,
नेपाल मगर संघ गढवाका अध्यक्ष आई बहादुर घर्ती मगर, गोवरडिहा सामुदायिक वनका अध्यक्ष शिव यादव लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल मगर बाैद्व सेवा समाज दाङ क्षेत्र नम्बर १ का सचिव तथा निर्माण समितिका सल्लाहकार खुमबहादुर गाहामगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन नेपाल मगर बाैद्व सेवा समाज दाङ क्षेत्र नम्बर १ का कोषाध्यक्ष तथा निर्माण समितिका सल्लाहकार रामबहादुर घर्ती मगरले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
लुम्बिनी, २९ चैत । लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा आएको छ । प्रदेश सरकारको नेतृत्वमा स्थानीय तह र स्वास्थ्य विकास साझेदार संस्थासँगको सहकार्यमा उक्त रणनीति...
नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तरगत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम...
रूपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ । मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने...
नेपालगञ्ज । बाँकेका गाउँ बस्तीमा पुगेर कृषि प्राविधिकले बाली उपचार शिविर सञ्चालन गरेका छन् ।कृषि ज्ञान केन्द्रले कोहलपुर नगरपालिका–१५ राप्तीसोनारी गाउँपालिका–८ पेरानीमा बाली उपचार शिविर सञ्चालन गरेका हुन् ।...