भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

जेनजी प्रदर्शन : केएमसीमा ७ जनाको आईसीयूमा उपचार, मृत्यु १९ पुग्यो

जेनजी प्रदर्शन : केएमसीमा ७ जनाको आईसीयूमा उपचार, मृत्यु १९ पुग्यो

काठमाडौं, २४ भाद्र । सोमबार राजधानीमा भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका सात जनाको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा आईसीयूमा उपचार भइरहेको छ। अस्पतालले उनीहरूको अवस्था जटिल रहेको जनाएको छ।

अस्पतालका व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका अनुसार सोमबारदेखि नै भर्ना भएका २४ जना घाइतेमध्ये ७ जनालाई आईसीयूमा राखिएको हो। उनले भने, “उपचार भइरहेका मध्ये ७ जना आईसीयूमा छन्, उनीहरूको अवस्था गम्भीर छ।”

सोमबारको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर हालसम्म १९ जनाको मृत्यु भएको पुष्टि भएको छ। ४०० भन्दा बढी घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।

त्रिवि शिक्षण अस्पतालको ट्रमा सेन्टरमा मात्रै ११ जना गम्भीर घाइतेको उपचार भइरहेको छ। तीमध्ये ५ जनालाई आईसीयूमा राखिएको छ। प्रदर्शनमा प्रहरीको बल प्रयोग, व्यापक घाइते र मृत्युका घटनापछि काठमाडौं अझै तनावग्रस्त बनेको छ।

 


Thali Mobile Pvt.Ltd.