भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी

‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी

काठमाडौँ, ३१ असार । राष्ट्रिय सभाका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदी ले सरकार नागरिकका समस्या समाधान गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सुवेदीले सञ्चारगृहमाथि भएको अवरोध, नागरिकको आत्मदाहका घटना तथा सुकुम्वासी समस्या समाधानमा सरकार प्रभावकारी हुन नसकेको बताएका हुन्।

उनले असार २९ गते कान्तिपुर मिडिया हाउस, अनलाइनखबर र हिमालय टेलिभिजन तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाए।

सुवेदीले उक्त घटनालाई पञ्चायतकालीन ‘मण्डले’ प्रवृत्ति र भूमिगत गिरोहको शैलीसँग तुलना गर्दै प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप तथा मनोवैज्ञानिक आतंकको संज्ञा दिए। यस्ता गम्भीर घटनामा संलग्नलाई सामान्य जरिवाना गरेर छोडिएको भन्दै उनले सरकारको भूमिकामाथि प्रश्नसमेत उठाए।

उनले असार २५ गते मुगुका गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा गरेको आत्मदाह प्रयासलाई राज्यको असफलताको संकेतका रूपमा व्याख्या गरे। संसदमा बोल्दै सुवेदीले भने, “सञ्चारगृहको मूल प्रवेशद्वारमा सवारी साधन छाडेर सञ्चारकर्मीलाई त्रसित बनाउन खोजिएको छ। देखिने शासक असफल भएपछि नदेखिने शासक अर्थात् ‘डिप स्टेट’ सक्रिय भएको आभास भइरहेको छ।”

नागरिकले आत्महत्या वा आत्मदाह गर्नुपर्ने अवस्थाले सुशासनमाथि नै प्रश्न उठाएको उनको भनाइ थियो। उनले प्रश्न गरे, “तपाईंहरूको शासनमा गणेश नेपाली र विवेक मण्डलहरूले किन शरीरमा आगो लगाउनुपर्ने? के यही हो सुशासन?” कानुन कार्यान्वयनसँगै मानवतालाई पनि जीवित राख्न आवश्यक रहेको उनले बताए।

सुवेदीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ संकेत गर्दै सुशासनको नारा दिएर सरकारमा पुगेको दलकै कार्यकालमा गरिब र श्रमजीवी वर्गले दुःख पाउनुपरेको टिप्पणी गरे। उनले सडकमा सामान्य रूपमा गाडी रोकिँदा सर्वसाधारणले कडा कारबाही भोग्नुपर्ने तर शक्तिशाली व्यक्तिका हकमा फरक व्यवहार देखिएको भन्दै सरकारको आलोचना गरे।

 


Thali Mobile Pvt.Ltd.