भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना

स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना

काठमाडौँ, ३१ असार । नेपालभरका एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले स्टाइपेन्ड (निर्वाह भत्ता) मा एकरूपता कायम गर्नुपर्ने माग गर्दै बुधबार चिकित्सा शिक्षा आयोगमा शान्तिपूर्ण धर्ना दिएका छन्।

सरकारले गठन गरेको कार्यदलले इन्टर्न चिकित्सकहरूको स्टाइपेन्डमा समान व्यवस्था लागू गर्न प्रतिवेदन तयार गरी आवश्यक सिफारिस गरिसकेको भए पनि हालसम्म त्यसको कार्यान्वयन नभएको भन्दै उनीहरूले दबाबमूलक कार्यक्रम आयोजना गरेका हुन्।

एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड एकरूपता अभियान नेपाल का संयोजक डिल्ली हरिजनका अनुसार आयोगबाट हालसम्म कुनै ठोस निर्णय वा कार्यान्वयन प्रक्रिया अघि नबढेकाले बाध्य भएर धर्ना दिनुपरेको हो।

यसैबीच, नेपाल चिकित्सक सङ्घले पनि इन्टर्न चिकित्सकहरूले उठाएका मागप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। बुधबार जारी विज्ञप्तिमा सङ्घले अत्यधिक कार्यबोझ र तनावबीच सेवा दिइरहेका इन्टर्न चिकित्सकहरूलाई उपलब्ध गराइने भत्तामा एकरूपता नहुनु र वैज्ञानिक आधारमा वितरण नगरिनु अन्यायपूर्ण भएको उल्लेख गरेको छ।

सङ्घका अनुसार सरकारले यसअघि नै अध्ययनका लागि कार्यदल गठन गरी प्रतिवेदन तयार गरिसकेको भए पनि त्यसलाई औपचारिक निर्णयमार्फत कार्यान्वयनमा नल्याइनु दुःखद विषय हो।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडी ले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा इन्टर्न चिकित्सकहरूले उठाएका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ।

साथै, देशभरका मेडिकल कलेजमा अध्ययनरत इन्टर्न चिकित्सकहरूका लागि समान स्टाइपेन्ड व्यवस्था लागू गर्न र कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयनमा ल्याउन सङ्घले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

 


Thali Mobile Pvt.Ltd.