हुम्ला । असोज ६ गतेदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट गर्ने भएको छ ।
महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताए । नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छ भने तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर रु सात छुटमा बिक्री हुने भएको हो ।
मोटा चामलको रु एक हजार पाँच सय २५, अरुवा सोना मन्सुली रु एक हजार सात सय २५, स्टिम जिरामसिनो रु दुई हजार दुई सय ५० मा बिक्री गरिने भएको व्यापार कम्पनीले जनाएको छ । यसअघि अरुवा मोटा चामलको रु एक हजार छ सय ५०, अरुवा सोना मन्सुली एक हजार आठ सय ५०, स्टिम जीरा दुई हजार तीन सय ७५ मा विक्री वितरण हुँदै आएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
हेटौँडा । तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष...
काठमाडौं, ८ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपालले साढे दुई अर्ब रुपैयाँ बराबरको सिमेन्ट र सिमेन्ट क्लिङ्कर भारतमा निर्यात गरेको छ। भन्सार विभागले बुधबार सार्वजनिक...
कञ्चनपुर । कञ्चनपुर–कैलालीमा सारस चराको सङ्ख्या बर्सेनी घट्दो क्रममा रहेको छ। सिमसार क्षेत्रमा देखापर्ने सारस हाल देख्नै मुस्किल हुन थालेको छ। सिमसार क्षेत्र मासेर खेती गरिन थालेपछि सारसको बासस्थान...
म्याग्दी । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’को निर्माण कार्य सुरु भएको छ । निर्माणाधीन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामकरण गरिएको छ...