भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बागमती प्रदेशको बजेट आजै पारित हुने, अन्तिम तयारीमा प्रदेशसभा

बागमती प्रदेशको बजेट आजै पारित हुने, अन्तिम तयारीमा प्रदेशसभा

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट आजै पारित गर्ने तयारी गरेको छ । आइतबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मन्त्रालयगत छलफल, खर्च कटौती प्रस्तावहरू र मन्त्रीहरूको जवाफपछि बजेट पारित गरिने कार्यक्रम तय भएको छ ।

असार १२ यता पटक–पटक अवरोधमा परेको प्रदेशसभा शुक्रबार दिउँसो र शनिबार अबेर रातिसम्म चलेको थियो । शुक्रबार विनियोजन विधेयक प्रस्तुत भए पनि प्रतिपक्षले पूरक प्रस्ताव माग गरेपछि बैठक स्थगित भएको थियो ।

शनिबार दलहरूबीच सहमति जुटाउन प्रयास भए पनि निष्कर्ष ननिस्किएपछि साँझ सरकारले पूरक प्रस्ताव दर्ता गराएको थियो । त्यसपश्चात् बसेको बैठकमा उक्त प्रस्ताव र विनियोजन विधेयकमाथि छलफल सम्पन्न भएको थियो । छलफलपछि सभामुख भुवन कुमार पाठकले खर्च कटौतीको प्रस्ताव माग गर्दै बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए ।

यसैबीच, नेपाली कांग्रेस संसदीय दलले आफ्ना सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित भई पार्टी निर्देशन अनुसार मतदान गर्न निर्देशन दिँदै ह्विप जारी गरेको छ । प्रमुख सचेतक गोविन्द लम्सालले ह्विप कार्यान्वयनमा कुनै कमजोरी नहोस् भन्नेसमेत सांसदहरूलाई सचेत गराएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.