झिँगटी छाउने कालिगड भेटिन छाडे

झिँगटी छाउने कालिगड भेटिन छाडे image

ताप्लेजुङ । फुङलिङमा झिँगटीले छाएका घरहरु लोप हुदै गएका छन् । पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए। पछिल्लो समय झिँगटीले छाएका घर देखिन छाडेका हुन् । गाउँमा दक्ष झिँगटीको छाना लगाउने कालिगड पाउन छाडेपछि गाउँका धेरै घरमा झिँगटी हराउन थालेको छ । कालिगड सबैको निधन भइसकेकाले झिँगटीको छाना लगाउने नयाँ पुस्तामा चाँसो छैन ।

झिँगटीको घरको छानासमेत चुहिन थालेका छन् । धेरैले त भत्काएर अर्को घर बनाएका छन् । पछिल्लो समय कालिगड अभावकै कारण झिँगटीका घर लोप हुँदै गएका छन् । मल्लकालीन शैलीमा बनेका यस्ता घरका बुट्टेदार झ्याल–ढोकाले ऐतिहासिकता झल्काए पनि सिकर्मीको अभाव, नयाँ पुस्तामा सीपको हस्तान्तरण नहुनु र विकासे परियोजनाले यस्ता कलालाई संकटमा पार्दै लगेको छ।

ताप्लेजुङमा कलाकृतियुक्त झिँगटी घर मर्मत गर्ने दक्ष सिकर्मी अभावका कारणले परम्परागत मौलिकता बोकेका घर लोप हुँदै गएका छन् । कला, सीप र स्थानीय परम्परा नै लोप हुँदै गएको छ। झिँगटी घरले ताप्लेजुङको मौलिकता झल्काउने गरेका थिए। पुराना झिँगटी घरको संरक्षण र सम्वर्द्धन गरिनुपर्ने स्थानीयको माग छ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda