भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

झिँगटी छाउने कालिगड भेटिन छाडे

झिँगटी छाउने कालिगड भेटिन छाडे

ताप्लेजुङ । फुङलिङमा झिँगटीले छाएका घरहरु लोप हुदै गएका छन् । पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए। पछिल्लो समय झिँगटीले छाएका घर देखिन छाडेका हुन् । गाउँमा दक्ष झिँगटीको छाना लगाउने कालिगड पाउन छाडेपछि गाउँका धेरै घरमा झिँगटी हराउन थालेको छ । कालिगड सबैको निधन भइसकेकाले झिँगटीको छाना लगाउने नयाँ पुस्तामा चाँसो छैन ।

झिँगटीको घरको छानासमेत चुहिन थालेका छन् । धेरैले त भत्काएर अर्को घर बनाएका छन् । पछिल्लो समय कालिगड अभावकै कारण झिँगटीका घर लोप हुँदै गएका छन् । मल्लकालीन शैलीमा बनेका यस्ता घरका बुट्टेदार झ्याल–ढोकाले ऐतिहासिकता झल्काए पनि सिकर्मीको अभाव, नयाँ पुस्तामा सीपको हस्तान्तरण नहुनु र विकासे परियोजनाले यस्ता कलालाई संकटमा पार्दै लगेको छ।

ताप्लेजुङमा कलाकृतियुक्त झिँगटी घर मर्मत गर्ने दक्ष सिकर्मी अभावका कारणले परम्परागत मौलिकता बोकेका घर लोप हुँदै गएका छन् । कला, सीप र स्थानीय परम्परा नै लोप हुँदै गएको छ। झिँगटी घरले ताप्लेजुङको मौलिकता झल्काउने गरेका थिए। पुराना झिँगटी घरको संरक्षण र सम्वर्द्धन गरिनुपर्ने स्थानीयको माग छ।

 


Thali Mobile Pvt.Ltd.