भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

न्युजिल्याण्डका स्टार क्रिकेटर जिम्मी निशम एनपीएल–२ मा पोखरा एभेन्जर्सबाट खेल्ने

न्युजिल्याण्डका स्टार क्रिकेटर जिम्मी निशम एनपीएल–२ मा पोखरा एभेन्जर्सबाट खेल्ने

काठमाण्डौ, २८ कार्तिक । न्युजिल्याण्डका स्टार क्रिकेटर जिम्मी निशम नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।

पोखरा एभेन्जर्सले सामाजिक सञ्जालमार्फत् निशमलाई टोलीमा भित्र्याएको घोषणा गरेको हो। निशमले एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सका लागि खेलेका थिए। बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै उनले जनकपुरलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

तर यसपटक जनकपुरले उनलाई अनुबन्ध गर्न पाएन। आईसीसीले एनपीएलमा सक्रिय अन्तर्राष्ट्रिय खेलाडी भित्र्याउने विषयमा कडाइ गरेको कारण जनकपुर बोल्ट्सको भागमा त्यस प्रकारको स्लॉट नपरेको हो।

आईसीसीको प्रावधान अनुसार, टेस्ट राष्ट्रका चार जना मात्र सक्रिय खेलाडी ल्याउन सकिने नियम पुनः लागू भएको छ। हाल निशम न्युजिल्याण्डबाट टी–२० खेलिरहेको हुँदा उनी सक्रिय खेलाडीको श्रेणीमा पर्छन्।

यस वर्ष गोलाप्रथाबाट सक्रिय खेलाडी ल्याउन पाउने चार टोली निर्धारण हुँदा जनकपुर बाहिर परेको र पोखरा त्यसमध्ये परेकाले पोखराले निशमलाई अनुबन्ध गर्न पाएको हो। आठ फ्रेन्चाइजी समावेश भएको एनपीएलमा सक्रिय खेलाडी खेलाउने अवसर यसपटक चार टोलीलाई मात्र दिइएको छ।

पोखरा एभेन्जर्सले त्यस अवसरको उपयोग गर्दै अनुभवी र विश्वप्रसिद्ध अलराउन्डर जिम्मी निशमलाई टोलीमा समावेश गरेको बताएको छ। निशमको आगमनले पोखरा एभेन्जर्सको शक्ति थप बलियो हुने अपेक्षा गरिएको छ।

एनपीएल–२ को तयारी तीव्र गतिमा भइरहेका बेला उनको सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक बन्ने सबैको धारणा छ।

 


Thali Mobile Pvt.Ltd.