भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

न्युजिल्याण्डका स्टार क्रिकेटर जिम्मी निशम एनपीएल–२ मा पोखरा एभेन्जर्सबाट खेल्ने

न्युजिल्याण्डका स्टार क्रिकेटर जिम्मी निशम एनपीएल–२ मा पोखरा एभेन्जर्सबाट खेल्ने

काठमाण्डौ, २८ कार्तिक । न्युजिल्याण्डका स्टार क्रिकेटर जिम्मी निशम नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।

पोखरा एभेन्जर्सले सामाजिक सञ्जालमार्फत् निशमलाई टोलीमा भित्र्याएको घोषणा गरेको हो। निशमले एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सका लागि खेलेका थिए। बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै उनले जनकपुरलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

तर यसपटक जनकपुरले उनलाई अनुबन्ध गर्न पाएन। आईसीसीले एनपीएलमा सक्रिय अन्तर्राष्ट्रिय खेलाडी भित्र्याउने विषयमा कडाइ गरेको कारण जनकपुर बोल्ट्सको भागमा त्यस प्रकारको स्लॉट नपरेको हो।

आईसीसीको प्रावधान अनुसार, टेस्ट राष्ट्रका चार जना मात्र सक्रिय खेलाडी ल्याउन सकिने नियम पुनः लागू भएको छ। हाल निशम न्युजिल्याण्डबाट टी–२० खेलिरहेको हुँदा उनी सक्रिय खेलाडीको श्रेणीमा पर्छन्।

यस वर्ष गोलाप्रथाबाट सक्रिय खेलाडी ल्याउन पाउने चार टोली निर्धारण हुँदा जनकपुर बाहिर परेको र पोखरा त्यसमध्ये परेकाले पोखराले निशमलाई अनुबन्ध गर्न पाएको हो। आठ फ्रेन्चाइजी समावेश भएको एनपीएलमा सक्रिय खेलाडी खेलाउने अवसर यसपटक चार टोलीलाई मात्र दिइएको छ।

पोखरा एभेन्जर्सले त्यस अवसरको उपयोग गर्दै अनुभवी र विश्वप्रसिद्ध अलराउन्डर जिम्मी निशमलाई टोलीमा समावेश गरेको बताएको छ। निशमको आगमनले पोखरा एभेन्जर्सको शक्ति थप बलियो हुने अपेक्षा गरिएको छ।

एनपीएल–२ को तयारी तीव्र गतिमा भइरहेका बेला उनको सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक बन्ने सबैको धारणा छ।

 


Thali Mobile Pvt.Ltd.