भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

जंगली च्याउ खाएका वृद्ध दम्पतीको एक दिनको फरकमा मृत्यु

जंगली च्याउ खाएका वृद्ध दम्पतीको एक दिनको फरकमा मृत्यु

रुपन्देही, १ भदौ । रोल्पा परिवर्तन गाउँपालिका–२ राङसीका मनबहादुर वलीका लागि साउन महिनाको अन्त्य दुःखद बन्यो । जंगली च्याउ खाएर गम्भीर बिरामी परेका उनका बुवा र आमा दुबैको उपचारको क्रममा एक दिनको अन्तरालमै निधन भयो ।

साउन २७ गते, वृद्ध दम्पती भागीराम वली (८१) र नर्मला वली (७४) ले जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि तत्काल बिरामी परेका थिए । प्राथमिक उपचारपछि अवस्था गम्भीर भएपछि उनीहरूलाई मनबहादुर आफैंले गाडीमा राखेर दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका थिए । तर दुर्भाग्यवश, नर्मलाको साउन ३१ गते र भागीरामको भोलिपल्ट, आइतबार निधन भयो । दुवैको मृत्यु एक दिनको फरकमा भएपछि छोरा मनबहादुर वलीको परिवारमा एकैचोटि दुःखद विपत्ति आइलाग्यो ।

दुवै जनाको पोष्टमार्टम तथा अन्त्येष्टि दाङमै गरिएको परिवर्तन गाउँपालिका–२ का वडाध्यक्ष हरिप्रसाद बुढामगरले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार, दम्पतीको मृत्यु क्रमशः शनिबार र आइतबार भएको हो ।

यो घटनाले जंगली च्याउ खाँदा हुने स्वास्थ्य जोखिमबारे चेतना फैलाउनुपर्ने आवश्यकता पनि देखाएको छ ।

 


Thali Mobile Pvt.Ltd.