भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

आज सोमबार, भगवान शिवको आराधना गर्ने विशेष दिन

आज सोमबार, भगवान शिवको आराधना गर्ने विशेष दिन

काठमाडौं, २ भदौ । आज २०८२ सालको भदौ २ गते सोमबार, भाद्र कृष्ण पक्षको दशमी तिथि पर्छ । हिन्दू धर्मअनुसार सोमबार भगवान शिवलाई समर्पित विशेष दिन मानिन्छ ।

देवाधिदेव महादेवको पूजा र व्रत सोमबार गरिन्छ, जसमा श्रद्धालुहरू उपवास बसी शिव र पार्वतीको आराधना गर्छन् । सोमबारको व्रत सूर्य उदयसँगै सुरु भई सूर्यास्तपछि सम्पन्न हुन्छ । पूजापछि मात्र बेलुका भोजन गरिन्छ । 

व्रतको सुरुवातमा सधैं गणेशको पूजा अनिवार्य मानिन्छ, त्यसपछि मात्र शिव-पार्वतीको पूजा गरिन्छ । धार्मिक मान्यता अनुसार सोमबारको व्रतले भक्तजनको मनोकांक्षा पूरा हुने, ज्ञान प्राप्त हुने, र अविवाहित महिलाले आदर्श जीवनसाथी पाउने विश्वास रहिआएको छ ।

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.