भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

साढे ८ लाखसहित जुवा खालबाट १२ जना पक्राउ

साढे ८ लाखसहित जुवा खालबाट १२ जना पक्राउ

काठमाडौं । साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् ।आइतबार राति घरपझोङ गाउँपालिका-२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ८ लाख ५२ हजार ८०० नगदसहित ८ बुक तास बरामद गरिएको छ ।पक्राउ परेकाहरूलाई म्याद थप गरेर अनुसन्धान गरिने जिल्ल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए ।

पक्राउ पर्नेहरू
मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं. ०२ मार्फा बस्ने वर्ष ५० का सुरज लालचन, वर्ष ५६ का राजु लालचन, वर्ष ५० का जेम्स हिराचन, वर्ष ५३ का गुन्ज हिराचन, वर्ष ६० का दल बहादुर हिराचन, वर्ष ५० का विश्वलालचन, कास्की पोखरा महानगरपालिका वडा नं. ९ स्थायी घर वतन भई हाल घरपझोङ गाउँपालिका वडा नं. २ बस्ने

वर्ष ५९ का आईत ज्वारचन,घरपझोङ गाउँपालिका वडा नं. २ मार्फा वर्ष ३८ का समिर ज्वारचन, वर्ष ५० का कविन ज्वारचन, बस्ने वर्ष ६५ का याम प्रसाद मगर, वर्ष ४० का सन्तोष लालचन, कास्की पोखराका घरपझोङ गाउँपालिका वडा नं. २ बस्ने वर्ष ६० का कमल हिराचन छन् ।

 


Thali Mobile Pvt.Ltd.