भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

एक लाख ३३ हजार नगदसहित १० जना पक्राउ

एक लाख ३३ हजार नगदसहित १० जना पक्राउ

दाङमा जुवाको खालबाट एक लाख ३३ हजार नगद सहित १० जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा निवासी देवबहादुर वलीको घरमा जुवा खेलिरहेको गोप्य सूचनको आधारमा प्रहरीले छापा पारेको थियो ।

सो क्रममा जुवाको खालबाट एक लाख ३३ हजार एक सय १० रुपैयाँ नगद सहित दश जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय नारायाणपुरको संयुक्त टोलीले छापा मारेको थियो । प्रहरीले नगदसहित जुवा खेल्नको लागि भुईमा ओछ्याएको निलो बुट्टेदार गलैचा एक थान र कौडा १७ थान बरामद गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.