भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आईसीसी विश्वकप लिगमा अमेरिकासँग ३७ रनले पराजित

आईसीसी विश्वकप लिगमा अमेरिकासँग ३७ रनले पराजित

काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रंगशालामा भएको खेलमा जितका लागि २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २ सय ४४ रन बनाउँदै अल आउट भयो ।

नेपालका तर्फबाट ओपनर अनिल साहले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडे भने अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए ।त्यसअघि ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । अमेरिका लागि तीन खेलाडीले अर्धशतक बनाए । जसमा साइतेजा मुक्कामाले सर्वाधिक ७५ रन बनाए ।

यस्तै कप्तान मोनाक पटेलले ६७ तथा हर्मित सिंहले ५९ रन योगदान गरे । आरोन जोन्सले २६ रन बनाए । नेपालका तर्फबाट गुल्शन झाले तीन विकेट, सोमपाल कामी र सन्दीप लामिछाने समान दुई(दुई र कुशल भुर्तेलले एक विकेट लिएका थिए । नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । अब नेपालले अन्तिम खेल स्कटल्यान्डसँग सोमबार खेल्नेछ ।

 


Thali Mobile Pvt.Ltd.