काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रंगशालामा भएको खेलमा जितका लागि २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २ सय ४४ रन बनाउँदै अल आउट भयो ।
नेपालका तर्फबाट ओपनर अनिल साहले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडे भने अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए ।त्यसअघि ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । अमेरिका लागि तीन खेलाडीले अर्धशतक बनाए । जसमा साइतेजा मुक्कामाले सर्वाधिक ७५ रन बनाए ।
यस्तै कप्तान मोनाक पटेलले ६७ तथा हर्मित सिंहले ५९ रन योगदान गरे । आरोन जोन्सले २६ रन बनाए । नेपालका तर्फबाट गुल्शन झाले तीन विकेट, सोमपाल कामी र सन्दीप लामिछाने समान दुई(दुई र कुशल भुर्तेलले एक विकेट लिएका थिए । नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । अब नेपालले अन्तिम खेल स्कटल्यान्डसँग सोमबार खेल्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
डोटी । यहाँका जङ्गलमा खेर गइरहेको अल्लोलाई आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ गाउँमै अल्लो प्रशोधन तथा कपडा उत्पादन गर्न थालिएको छ ।जिल्लाको बडीकेदार गाउँपालिकासँगको साझेदारीमा पशुुपति अल्लो प्रशोधन तथा...
काठमाडौं । नेपालले पछिल्ला दुई दशकमा दूरसञ्चार क्षेत्रमा अद्वितीय फड्को मारेको छ। टु–जीबाट सुरु भएको प्रविधिको यात्रा अहिले फोर–जीमार्फत देशका ७७ वटै जिल्लामा फैलिइसकेको छ र अब नेपाल फाइभ–जीको...
काठमाडौं। नेपालका शिक्षकहरू २० चैत २०८१ देखि काठमाडौंमा आन्दोलनरत छन् । २०७५, २०७८ र २०८० मा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएपछि शिक्षकहरू फेरि सडकमा उत्रिएका हुन् । विद्यालय शिक्षा...
काठमाडौँ । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफ नेपालका अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ ।...