भर्खरै : Sorry, your browser does not support inline SVG.

कैलालीमा गोठमा आगलागी, ७२ वर्षीय वृद्धको जलेर मृत्यु

कैलालीमा गोठमा आगलागी, ७२ वर्षीय वृद्धको जलेर मृत्यु

कैलाली, १९ जेठ । कैलालीको गौरीगङ्गा नगरपालिका–१० जवलपुरमा काठको गोठमा भीषण आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ ।

आइतबार राति अनिल चौधरीको दुईतले काठको गोठमा अचानक आगो लाग्दा गोठको माथिल्लो तलामा सुतेका उनका ७२ वर्षीय बुबा कुक्रु डगौरा थारूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले जानकारी दिएका छन् ।

घटनापछि प्रहरी नायब निरीक्षक खेमराज पन्तको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । आगो निभाइए पनि गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीको कारण हालसम्म खुल्न सकेको छैन र अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.