भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कैलालीमा गोठमा आगलागी, ७२ वर्षीय वृद्धको जलेर मृत्यु

कैलालीमा गोठमा आगलागी, ७२ वर्षीय वृद्धको जलेर मृत्यु

कैलाली, १९ जेठ । कैलालीको गौरीगङ्गा नगरपालिका–१० जवलपुरमा काठको गोठमा भीषण आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ ।

आइतबार राति अनिल चौधरीको दुईतले काठको गोठमा अचानक आगो लाग्दा गोठको माथिल्लो तलामा सुतेका उनका ७२ वर्षीय बुबा कुक्रु डगौरा थारूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले जानकारी दिएका छन् ।

घटनापछि प्रहरी नायब निरीक्षक खेमराज पन्तको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । आगो निभाइए पनि गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीको कारण हालसम्म खुल्न सकेको छैन र अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.