भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सार्वजनिक सवारी बन्द हुँदा प्रहरीले चलायो सर्वसाधारणका लागि प्रहरीको बस

सार्वजनिक सवारी बन्द हुँदा प्रहरीले चलायो सर्वसाधारणका लागि प्रहरीको बस

काठमाडौं , १९ जेठ । सार्वजनिक सवारी साधन नचलेपछि सर्वसाधारण मर्कामा परेका बेला नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आफ्नै पहलमा बस सञ्चालन गरेको छ। गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नयाँ नियमावलीको विरोधस्वरूप आइतबार यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरे। त्यसको असर काठमाडौं उपत्यकामा समेत देखिएको छ, जहाँ यात्रुहरू गन्तव्यमा पुग्न निकै समस्यामा परे।

यही अवस्था देखेर नेपाल प्रहरीले दुई वटा बस सञ्चालनमा ल्याउने निर्णय गरेको हो। प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, “यात्रीहरूलाई गन्तव्यसम्म पुर्‍याउन दुई वटा बस तयार गरिएको छ।” सवारी बन्दसँगै राइड सेयरिङ सेवाको शुल्क पनि अचानक बढेको छ भने अफलाइन सवारी सेवा चलाउनेहरूको संख्यामा वृद्धि भएको छ। यसले थप आर्थिक बोझ सिर्जना गर्दै सर्वसाधारणलाई अप्ठेरोमा पारेको छ।

 


Thali Mobile Pvt.Ltd.