भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सार्वजनिक सवारी बन्द हुँदा प्रहरीले चलायो सर्वसाधारणका लागि प्रहरीको बस

सार्वजनिक सवारी बन्द हुँदा प्रहरीले चलायो सर्वसाधारणका लागि प्रहरीको बस

काठमाडौं , १९ जेठ । सार्वजनिक सवारी साधन नचलेपछि सर्वसाधारण मर्कामा परेका बेला नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आफ्नै पहलमा बस सञ्चालन गरेको छ। गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नयाँ नियमावलीको विरोधस्वरूप आइतबार यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरे। त्यसको असर काठमाडौं उपत्यकामा समेत देखिएको छ, जहाँ यात्रुहरू गन्तव्यमा पुग्न निकै समस्यामा परे।

यही अवस्था देखेर नेपाल प्रहरीले दुई वटा बस सञ्चालनमा ल्याउने निर्णय गरेको हो। प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, “यात्रीहरूलाई गन्तव्यसम्म पुर्‍याउन दुई वटा बस तयार गरिएको छ।” सवारी बन्दसँगै राइड सेयरिङ सेवाको शुल्क पनि अचानक बढेको छ भने अफलाइन सवारी सेवा चलाउनेहरूको संख्यामा वृद्धि भएको छ। यसले थप आर्थिक बोझ सिर्जना गर्दै सर्वसाधारणलाई अप्ठेरोमा पारेको छ।

 


Thali Mobile Pvt.Ltd.