भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

कैलालीमा चरेश र हिरोइनसहित ५ जना पक्राउ

कैलालीमा चरेश र हिरोइनसहित ५ जना पक्राउ

कैलाली, १४ भदौ । कैलालीमा प्रहरीले लागुऔषध चरेश र खैरो हिरोइनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध ब्युरो धनगढी शाखा, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले ४ किलो ६९० ग्राम चरेश र ४ ग्राम ९० मिलिग्राम खैरो हिरोइन बरामद गरेको हो ।

पक्राउ परेकाहरू मध्य डोटीको शिखर नगरपालिका – ८ का ३५ वर्षीय वीरबहादुर रावललाई २ ग्राम ७६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी कैलालीको गोदावरी नगरपालिका-१ बस्दै आएका थिए र सोही बेला सु.प.प्र.०४००१ प ०६६५ नं. को मोटरसाइकलमा सवार थिए । यस्तै, कैलाली चुरे गाउँपालिका-३ का ३२ वर्षीय मोहन मल्ललाई ५९० मिलिग्राम हिरोइनसहित नियन्त्रणमा लिइएको हो । उनले हिरोइन मोबाइलको खोलभित्र लुकाएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बझाङ बुङ्गल नगरपालिका-८ घर भई धनगढी उप-महानगरपालिका-२ मा होटल सञ्चालन गर्दै आएका ३२ वर्षीय राम बोहराको होटलमा छापा मार्दा ५ किलो ६९० ग्राम चरेश फेला परेको प्रहरीले जनाएकाे छ । बोहरालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उप-महानगरपालिका-१२ का २३ वर्षीय विजय बिक र २२ वर्षीय प्रदीप रानालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बिकले चलाएको सु.प.प्र.०१०१३ प २३४५ नं. को मोटरसाइकल चेकजाँच गर्दा ७४० मिलिग्राम हिरोइन बरामद भएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ । बरामद गरिएको लागुऔषध र पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउने तयार प्रहरीले गरेकाे छ ।

 


Thali Mobile Pvt.Ltd.