भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिरोहियालाई पञ्चायती शैलीमा पक्राउ गरिएको महासचिव लम्सालको जिकिर

सिरोहियालाई पञ्चायती शैलीमा पक्राउ गरिएको महासचिव लम्सालको जिकिर

काठमाडौँ । नेपाल मिडिया सोसाइटीका महासचिव मदन लम्सालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पञ्चायती शैलीमा पक्राउ गरिएको बताएका छन् । आज सेन्ट्रल बिजनेस पार्कमा आयोजित पत्रकार सम्मेलनमा महासचिव लम्सालले यस्तो बताएका हुन् ।

गृह प्रशासन र सरकारका तर्फबाट गलत कदम चालिएको उनको भनाइ छ । बताएका हुन् । कानुनअनुसार जसलाई पनि सोधपुछ र छानबिन गर्न पाइने उल्लेख गर्दै लम्सालले सिरोहियालाई तानाशाही शैलीमा सञ्चार गृहबाट पक्राउ गरिएको बताएका हुन् ।

विश्वभर नै तानाशाही सरकारबाट सञ्चार उद्योगलाई आक्रमण हुने गरेको पनि महासचिव लम्सालको भनाइ छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको आरोपमा हिजो कार्यकक्षबाटै गिरफ्तार गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.