भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

सिरोहियालाई पञ्चायती शैलीमा पक्राउ गरिएको महासचिव लम्सालको जिकिर

सिरोहियालाई पञ्चायती शैलीमा पक्राउ गरिएको महासचिव लम्सालको जिकिर

काठमाडौँ । नेपाल मिडिया सोसाइटीका महासचिव मदन लम्सालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पञ्चायती शैलीमा पक्राउ गरिएको बताएका छन् । आज सेन्ट्रल बिजनेस पार्कमा आयोजित पत्रकार सम्मेलनमा महासचिव लम्सालले यस्तो बताएका हुन् ।

गृह प्रशासन र सरकारका तर्फबाट गलत कदम चालिएको उनको भनाइ छ । बताएका हुन् । कानुनअनुसार जसलाई पनि सोधपुछ र छानबिन गर्न पाइने उल्लेख गर्दै लम्सालले सिरोहियालाई तानाशाही शैलीमा सञ्चार गृहबाट पक्राउ गरिएको बताएका हुन् ।

विश्वभर नै तानाशाही सरकारबाट सञ्चार उद्योगलाई आक्रमण हुने गरेको पनि महासचिव लम्सालको भनाइ छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको आरोपमा हिजो कार्यकक्षबाटै गिरफ्तार गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.