भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कैलाश सिरोहिया धनुषा हिरासतमा, अदालतमा पेश गरिदै

कैलाश सिरोहिया धनुषा हिरासतमा, अदालतमा पेश गरिदै

जनकपुरधाम । पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज बिहान धनुषा पु¥याइएको छ । अहिले सिरोहिया धनुषा प्रहरीको हिरासतमा रहेका उनलाई दोहोरो नागरिकता आरोप लागेको छ । आजै जिल्ला अदालत धनुषामा पेश गर्ने तयारी धनुषा प्रहरीले गरेको प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले सिरोहियाविरुद्ध १६ वैशाख २०८१ किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा जिल्ला अदालते उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो । मंगलबार नै सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो ।

सिरोहियाले फरक–फरक नम्बरका नागरिकता प्रयोग गरिरहेकोले नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न प्रहरीले पक्राउ गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.