भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

कैलाश सिरोहिया धनुषा हिरासतमा, अदालतमा पेश गरिदै

कैलाश सिरोहिया धनुषा हिरासतमा, अदालतमा पेश गरिदै

जनकपुरधाम । पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज बिहान धनुषा पु¥याइएको छ । अहिले सिरोहिया धनुषा प्रहरीको हिरासतमा रहेका उनलाई दोहोरो नागरिकता आरोप लागेको छ । आजै जिल्ला अदालत धनुषामा पेश गर्ने तयारी धनुषा प्रहरीले गरेको प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले सिरोहियाविरुद्ध १६ वैशाख २०८१ किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा जिल्ला अदालते उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो । मंगलबार नै सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो ।

सिरोहियाले फरक–फरक नम्बरका नागरिकता प्रयोग गरिरहेकोले नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न प्रहरीले पक्राउ गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.