भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

महामन्त्रीद्वय गगन-विश्वप्रकाशको नेतृत्व असफल भइसकेको दाबी : नेता कल्याण गुरुङ

महामन्त्रीद्वय गगन-विश्वप्रकाशको नेतृत्व असफल भइसकेको दाबी : नेता कल्याण गुरुङ

काठमाडौँ, ११ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नीति र नेतृत्व दुवै असफल भइसकेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले दुवै महामन्त्रीद्वारा गोदावरीमा प्रस्तुत प्रस्तावहरू समयअनुकूल नभई पूर्णरूपमा असान्दर्भिक र निष्फल साबित भएको दाबी गरे । गुरुङले लेखेका छन्,  “दुई महामन्त्रीले प्रस्तुत गरेका प्रस्ताव असान्दर्भिक भइसकेका छन् । त्यांच्या नीति असफल भइसकेका छन् र उहाँहरूकाे नेतृत्वले पनि उचित परिणाम दिन सकेकाे अवस्था छैन । यस्तो अवस्थामा उनीहरू कुन नैतिकताले पदीय दायित्वमा रहिरहन सक्ने ?”

देश अत्यन्त संवेदनशील मोडमा पुगेको बेला नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने उनकाे तर्क छ । तर विधानको धारा १७(२) को व्याख्यामा दुवै महामन्त्रीले गलत तर्क गर्दै पार्टीलाई विचलित पारेको उनको आरोप छ ।

गुरुङको यो टिप्पणीले कांग्रेसभित्र चलिरहेको रणनीतिक वाद-विवाद र नेतृत्वको प्रभावकारिताबारे फेरि चर्चा बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.