भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा आज पेसी

रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा आज पेसी

बुटवल ११ मंसिर । सुप्रिम सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व मिडिया सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ । गत हप्ता उनका कानुनी प्रतिनिधिले निवेदन दिएपछि स्थगित भएको मुद्दामा आज पुनः सुनुवाइ हुन लागेको हो ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, रोकिएको मुद्दालाई आजको मिति राखी पेशी तोकिएको छ । उनले भने, “गत हप्ता स्थगित भएको मुद्दाको आज पेसी छ, अब अदालतको आदेश के आउँछ, हेर्न बाँकी छ ।” लामिछाने र जोशी दुवैजना बुटवलस्थित सुप्रिम सहकारीमा भएको ठगी प्रकरणमा चार भागको एक-एक भाग बराबर बिगो दाखिला गरेर रिहा माग्दै आएका छन् ।

लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेश गरेका थिए भने जोशीले पनि त्यति नै बिगो बराबरको जमानत दाखिला गरेका थिए । तर उनीहरूको वास्तविक जिम्मेवारी कति भन्ने विषय अदालतले यकिन गर्न बाँकी रहेको कारण जिल्ला अदालतले दुवैलाई साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ । यसैबीच, रवि काठमाडौंस्थित कारागारमा छन् भने जोशी भैरहवास्थित कारागारमा रहेका छन् ।

आजको सुनुवाइले दुवै प्रतिवादीलाई थुनामै राख्ने कि जमानतमा रिहा गर्ने भन्नेबारे अदालतले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.