भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने, काठ र डोरीले हुनेछ प्रतिस्थापन

पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने, काठ र डोरीले हुनेछ प्रतिस्थापन

काठमाडौँ, ११ मंसिर । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मूल मन्दिरभित्र राखिएका फलामे बार हटाउने निर्णय भएको छ ।

भक्तजनलाई लाममा व्यवस्थापन गर्न भन्दै स्थापना गरिएको फलामको बारले सम्पदाको मौलिक संरचनामा असर पुर्‍याइरहेको भन्दै पशुपति क्षेत्र विकास कोषले त्यसलाई हटाउने तयारी थालेको हो । कोषका निमित्त सदस्य-सचिव सुभाषचन्द्र जोशीका अनुसार मन्दिरभित्रको लाइन व्यवस्थापन अब काठ र डोरी प्रयोग गरेर गरिनेछ । उनका अनुसार, फलामे संरचनाले विश्वसम्पदा क्षेत्रको बनावट, दृश्यावलोकन र संरक्षणमा प्रतिकूल प्रभाव पारिरहेको विशेषज्ञहरूले सुझाएका थिए ।

पुरातत्त्व विभागले पनि फलामका बार र फलामबाट बनेको आकाशे पुल विश्वसम्पदा क्षेत्रका मापदण्ड विपरीत भएको भन्दै हटाउन कोषलाई पत्राचार गरेको थियो । विभागका प्रमुख पुरातत्त्व अधिकृत सन्दीप खनालले फलामे संरचनाले सम्पदाको मौलिक सौन्दर्यमा असर गरेकाले हटाउन आग्रह गरिएको बताए ।

पशुपतिनाथ क्षेत्रमा अब परम्परागत शैलीअनुसार काठ, डोरी र सांस्कृतिक रूपमा उपयुक्त सामग्री प्रयोग गरी व्यवस्थापन गर्ने तयारी काेषले गरेकाे छ ।

 


Thali Mobile Pvt.Ltd.