भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

काठमाडौं, ४ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का १४ जना महिला च्याउ टिप्न जंगल गएका बेला सम्पर्कविहीन भएका छन् । उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार दशरथ टोलका ती महिलाहरू आइतबार बिहान करिब ११ बजे च्याउ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ गएका थिए ।

सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन् ।

प्रहरीका अनुसार उनीहरू निकुञ्जभित्र बाटो बिर्सिएर अलमलिएको आशंका गरिएको छ । उनीहरूको खोजीका लागि प्रहरीसहित सम्बन्धित निकाय परिचालन गरिएको छ ।

यसैबीच, बेलडाँडी क्षेत्रका तीन जना भने मोबाइलमार्फत सम्पर्कमा आएका छन् । उनीहरू सुरक्षित रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.