भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र

साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र

काठमाडौं, १८ साउन । कञ्चनपुरको ६२ किलोमिटर लामो हुलाकी सडक निर्माण सुरु भएको साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक निर्माण अलपत्र पर्दा स्थानीयवासीले अझै सास्ती भोग्नुपरेको छ।

२०७३ सालको फागुनमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तीन चरणमा ठेक्का सम्झौता गरिएको थियो। तर निर्धारित समय धेरैअघि सकिए पनि सडकको सम्पूर्ण काम अझै पूरा हुन सकेको छैन।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका अनुसार पहिलो र अन्तिम प्याकेजको काम सम्पन्न भए पनि बीचको बेलौरी–बेल्डाडी खण्ड निर्माण कम्पनीको बेवास्ताका कारण अधुरै रहेको छ।  कार्यालय प्रमुख मुकुन्दप्रसाद लामिछानेका अनुसार ठेकेदारले काम नगरेपछि सम्बन्धित ठेक्का रद्द गरेर करिब डेढ महिनाभित्र नयाँ ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ।

यसैबीच, पचुई क्षेत्रको करिब १,४०० मिटर सडक खण्डमा भारतीय पक्षले सीमा विवाद उठाएकाले उक्त भाग बाहेक अन्य स्थानको निर्माण कार्यलाई अघि बढाइने योजना रहेको उनले जानकारी दिए।

सडक निर्माण लामो समयसम्म पूरा नहुँदा स्थानीयवासी वर्षायाममा हिलाम्मे सडक र आवागमनको समस्याबाट प्रभावित भएका छन्। जनप्रतिनिधिहरूले पनि निर्माण कार्य शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.