भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन

नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन

काठमाडौं, १८ साउन । नर्सिङ क्षेत्रको सुधार तथा न्यूनतम पारिश्रमिकको ग्यारेन्टीसहित १५ बुँदे माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंस्थित वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्।

आन्दोलनरत नर्सहरूले आमरण अनशनमा बसेकी नर्स ज्योति रानाभाटको समर्थनमा प्रदर्शन गरेका हुन्। अनशनको पाँचौँ दिन रानाभाटको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ।

यसबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले रानाभाटको आन्दोलनप्रति मन्त्रालय गम्भीर रहेको बताउँदै उच्चस्तरीय संवादमार्फत समस्याको सकारात्मक समाधान खोज्ने प्रयास भइरहेको जानकारी दिएकी छन्।

तर, अनशनरत रानाभाटले स्वास्थ्य, शिक्षा, श्रम तथा अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित अधिकार सम्पन्न वार्ता टोलीसँग मात्र औपचारिक छलफल गर्ने अडान कायम राखेकी छन्।

यता, नेपाल नर्सिङ संघले विगतमा सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन गर्न तथा अनशनरत रानाभाटको जीवन रक्षा गर्न आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ। नर्सिङ क्षेत्रसँग सम्बन्धित मागहरू शीघ्र सम्बोधन गर्नुपर्ने भन्दै आन्दोलनरत पक्षले दबाबलाई निरन्तरता दिने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.