भर्खरै : Sorry, your browser does not support inline SVG.

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

मुख्य बुँदा 

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात।

१२ अर्ब १८ करोडको पेट्रोल, ९ अर्ब ५५ करोडको डिजेल र २ अर्ब ७७ करोडको एलपीजी आयात।

अघिल्लो आर्थिक वर्षको तुलनामा पेट्रोल र डिजेल आयातमा वृद्धि।

पेट्रोलबाट ५ अर्ब ८५ करोड र डिजेलबाट २ अर्ब ९३ करोड रुपैयाँ राजस्व सङ्कलन।

काँकडभिट्टा भन्सारमार्फत राजस्वमा उल्लेखनीय योगदान।

झापा, १७ साउन । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ ९एलपिजी० गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो ।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार रु १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल आयात भएको छ भने डिजेल रु नौ अर्ब ५५ करोड ४९ लाख सात हजार र एलपिजी रु दुई अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको आयात भएको छ ।

आर्थिक वर्ष २०८१(८२ मा पेट्रोल रु आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार र डिजेल रु सात अर्ब तीन करोड ३२ लाख १९ हजार बराबरको आयात भएको थियो ।

उक्त कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थ आयात गरी गत आवमा पेट्रोलबाट रु पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार र डिजेलबाट रु दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार राजस्व सङ्कलन भएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.