भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ घाइते, ३ को अवस्था गम्भीर

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ घाइते, ३ को अवस्था गम्भीर

कपिलवस्तु, २९ असार । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परेकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुदांलीका अनुसार लु.प्र ०२००१ ख ००४५ नम्बरको बस चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा पर्ने बेल नदी नजिकै आइतबार बिहान दुर्घटनामा परेको हो।

गम्भीर घाइते भएकालाई थप उपचारका लागि बुटवल पठाइएको छ भने अन्य २६ जना सामान्य घाइतेहरूको चन्द्रौटास्थित सञ्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.