भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

ख्वप कलेज अफ इन्जिनियरिङका ५९ विद्यार्थीलाई २८ लाख बढी छात्रवृत्ति वितरण

ख्वप कलेज अफ इन्जिनियरिङका ५९ विद्यार्थीलाई २८ लाख बढी छात्रवृत्ति वितरण

भक्तपुर, २८ असार । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङका दोस्रो, तेस्रो र चौथो वर्षमा अध्ययनरत ५९ जना विद्यार्थीलाई रु. २८ लाख ६४ हजार ६५८ बराबरको छात्रवृत्ति रकम वितरण गरिएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले एक विशेष समारोहका बीच छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले छात्रवृत्तिको माध्यमबाट आर्थिक रूपमा कमजोर तर अध्ययनमा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षामा पहुँच सहज बनाउने उद्देश्य रहेको बताउनुभयो।

उहाँले भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याएका सात वटा कलेजमार्फत हरेक वर्ष करिब ४ करोड २५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिनुभयो। त्यस्तै नगरपालिकाले सहुलियत दरमा शैक्षिक ऋणको व्यवस्था समेत गरिरहेको उल्लेख गर्दै उहाँले देशमा दक्ष जनशक्ति उत्पादन गर्दै उनीहरूलाई देशमै समर्पित गराउनुपर्नेमा जोड दिनुभयो।

विदेश पलायन बढ्दै जाँदा देशको सम्भावना पछाडि धकेलिएको उल्लेख गर्दै उहाँले युवालाई आत्मसन्तुष्टिपूर्ण सेवा स्वदेशमै गर्न आह्वान गर्नुभयो। कृषि, स्वास्थ्य र सुशासनका विषयमा समेत बोल्दै उहाँले सरकारको बजेट, योजनामा तथ्यपरकता र दीर्घकालीन सोचको अभाव रहेको आलोचना गर्नुभयो।

साथै, भ्रष्टाचारमा प्राविधिक संलग्नता बढ्दै गएको भन्दै इन्जिनियर विद्यार्थीलाई नैतिकता र सामाजिक उत्तरदायित्वको भावना साथ सेवा गर्न आग्रह गर्नुभयो। कार्यक्रममा वडा नं. ९ का अध्यक्ष तथा छात्रवृत्ति सिफारिस समितिका संयोजक रविन्द्र ज्याख्व, कलेजका प्राचार्य ई. सुनिल दुवाल, लेखा प्रमुख काजीबहादुर पञ्च लगायतको उपस्थिति रहेको थियो।

प्राचार्य दुवालले कलेजले आर्थिक रूपमा कमजोर विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था गर्दै आएको र विद्यार्थीहरूले सदाचार, इमान्दारिता र कार्यक्षमताको उदाहरण प्रस्तुत गर्दै आएका कुरा उल्लेख गर्नुभयो। छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूलाई देश र जनताको सेवामा समर्पित भई अगाडि बढ्न आग्रह गर्दै कार्यक्रम समापन गरिएको थियो।

 


Thali Mobile Pvt.Ltd.