भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्जाको किस्ता र व्याज बुझाउने अवधि थप गरिदिन सरकारसँंग इटा उद्योगीहरुकाे माग

कर्जाको किस्ता र व्याज बुझाउने अवधि थप गरिदिन सरकारसँंग इटा उद्योगीहरुकाे माग

भक्तपुर । कर्जाको किस्ता र व्याज बुझाउने अवधि थप गरिदिन इटा उद्योगीहरुले सरकारसँंग माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै उद्याेगीहरूले आज नेपाल सरकार अर्थ मन्त्रालय सिंहदरवारसमक्ष माग गरेका हुन ।

भौतिक संरचना निर्माणका लागि आबश्यक सामग्री मध्ये ईटा प्रमुख वस्तुमा पर्ने भन्दै उत्पादित ईटाले देशभर माग परिपूर्ति गर्दै आएको बताए । ईटा आयात गर्नु पर्ने अवस्था नरहेको उनीहरूकाे ठकर छ । ईटा उद्योग सुख्खा याममा संचालन हुने र गरीबीको रेखामुनी रहेका नागरिकलाई रोजगार दिने मौसमी उद्योग रहेको व्यवसायीकाे तर्क छ ।

कोईलाको मूल्य बृद्धि, कोईला खरीद गर्दा अग्रीम रकम पठाउनु पर्ने बाध्यताले गर्दा गुणस्त्तरिय कोईला आपूर्ति नहुनुको कारण देखाउँदै उद्योगीहरुमा वित्तीय संकट सृजना भएको उनीहरुले बताएका छन् । वित्तीय संकटलाई सम्वोधनका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालय मार्फत सरकारसमक्ष इटा उद्याेगीले अनुरोध गरेका छन् ।

यस्ताे छ माग

 


Thali Mobile Pvt.Ltd.