भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

चाडपर्व लक्षित सुपथ मूल्य पसल भदौको अन्तिम सातादेखि सञ्चालन, चार करोड बजेट विनियोजन

चाडपर्व लक्षित सुपथ मूल्य पसल भदौको अन्तिम सातादेखि सञ्चालन, चार करोड बजेट विनियोजन

कैलाश खबर, २२ साउन । चाडपर्वलाई लक्षित गर्दै सरकारले सुपथ मूल्य पसल (सहुलियत पसल) भदौको अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी गरेको छ । उद्योग मन्त्रालयअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले देशभरका विभिन्न स्थानमा पसल खोल्ने तयारी थालेका छन् ।

मन्त्रालयका अनुसार सुपथ मूल्य पसल सञ्चालनका लागि ३ करोड ८६ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ५२ लाख रुपैयाँ र साल्ट ट्रेडिङलाई १ करोड ३४ लाख ९९ हजार रुपैयाँ छुट्टाइएको छ ।

यसपालि १०० भन्दा बढी स्थानमा पसल सञ्चालनको तयारी
खाद्य कम्पनीले गत वर्ष ६६ स्थानमा मात्र सुपथ मूल्य पसल सञ्चालन गरेको थियो। तर, यस वर्ष १०० भन्दा बढी स्थानमा पसल खोल्ने लक्ष्य राखिएको कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए ।

पसल सञ्चालनको लागि ढुवानीको टेन्डर प्रक्रिया अगाडि बढिरहेको र ढुवानीकर्तासँग सम्झौता भएपछि मात्र मिति घोषणा गरिने उनले बताए । त्यस्तै, साल्ट ट्रेडिङले पनि ३८ भन्दा बढी स्थानमा पसल खोल्ने तयारी गरेको छ । सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार मन्त्रालयसँग समन्वय भइरहेको छ, तर सटीक मिति भने अझै तय भएको छैन ।

के–के पाइन्छ सुपथ मूल्य पसलमा?
यी पसलहरूबाट उपभोक्ताहरूले विभिन्न वस्तुहरू छुटमा खरिद गर्न सक्छन्:

  • चामल, दाल, चिनी, चिउरा, तेल, घ्यू
  • कर्णाली क्षेत्रका रैथाने उत्पादन (जुम्ली मार्सी, कागुनो, चिनो, तिते फापर, उवा)
  • नुन
  • खसी, बोका, भेडा, च्याङ्ग्रा (थापाथली बिक्री केन्द्रबाट)

गत वर्ष खाद्यान्नमा प्रति किलो ५–१० रुपैयाँ छुट दिइएको थियो भने जिउँदो खसीबोकामा प्रति किलो २० रुपैयाँ छुट दिइएको थियो ।

बजार अनुगमनका लागि ‘क्यालेन्डर’ तयार
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीज सकिएपछि विशेष बजार अनुगमन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार अहिले नै ५ वटा अनुगमन टोली खटाइएका छन् ।

अनुगमनको प्रमुख फोकस:

  • दाल, चामल, तेल, तरकारी र मासुजन्य वस्तु
  • अधिकतम खुद्रा मूल्य (MRP) मा कडाइ
  • खुद्रा र डिलर स्तरमा मूल्य नियन्त्रण

दाहालका अनुसार, “बजार धेरै हदसम्म स्थिर छ, अहिले जस्तो मूल्यवृद्धिको गुनासो खासै आएको छैन ।”

 


Thali Mobile Pvt.Ltd.