भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

काठमाडौँबाट फोहोर बोकेका गाडीहरू नुवाकोटमा रोकिए

काठमाडौँबाट फोहोर बोकेका गाडीहरू नुवाकोटमा रोकिए

काठमाडौँ, १९ वैशाख । काठमाडौँ महानगरपालिकाले माछापोखरी क्षेत्रमा तरकारी व्यापारी र पसलहरूलाई हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन भएको छ। यसका कारण काठमाडौँबाट फोहोर बोकेर सिसडोल डम्पिङ साइटतर्फ जाँदै गरेका गाडीहरू बाटोमै रोकिएका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–१ का स्थानीयले सडक अवरुद्ध गरेपछि फोहोर बोकेका करिब दुई दर्जन गाडीहरू तिनपिप्ले क्षेत्रमा रोकिएका छन्। स्थानीय बासिन्दाहरूले काठमाडौँ महानगरपालिकासँगको वार्तामा आफ्ना मागहरू पूरा नभएको भन्दै सडक बन्द गरेको बताएका छन् ।

हाल तिनपिप्ले–सिसडोल सडक खण्डमा सार्वजनिक र निजी सवारी साधनलाई आवागमन गर्न दिइए पनि फोहोर बोकेका गाडीहरूलाई भने रोक लगाइएको छ। स्थानीयले महानगरपालिकासँग थप छलफल र माग सम्बोधनको माग गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.