भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौँबाट फोहोर बोकेका गाडीहरू नुवाकोटमा रोकिए

काठमाडौँबाट फोहोर बोकेका गाडीहरू नुवाकोटमा रोकिए

काठमाडौँ, १९ वैशाख । काठमाडौँ महानगरपालिकाले माछापोखरी क्षेत्रमा तरकारी व्यापारी र पसलहरूलाई हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन भएको छ। यसका कारण काठमाडौँबाट फोहोर बोकेर सिसडोल डम्पिङ साइटतर्फ जाँदै गरेका गाडीहरू बाटोमै रोकिएका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–१ का स्थानीयले सडक अवरुद्ध गरेपछि फोहोर बोकेका करिब दुई दर्जन गाडीहरू तिनपिप्ले क्षेत्रमा रोकिएका छन्। स्थानीय बासिन्दाहरूले काठमाडौँ महानगरपालिकासँगको वार्तामा आफ्ना मागहरू पूरा नभएको भन्दै सडक बन्द गरेको बताएका छन् ।

हाल तिनपिप्ले–सिसडोल सडक खण्डमा सार्वजनिक र निजी सवारी साधनलाई आवागमन गर्न दिइए पनि फोहोर बोकेका गाडीहरूलाई भने रोक लगाइएको छ। स्थानीयले महानगरपालिकासँग थप छलफल र माग सम्बोधनको माग गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.