भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पद्मकन्या कलेजका विद्यार्थीले भारतमा नेपाली छात्राको मृत्युको विरोधमा गरे प्रदर्शन

पद्मकन्या कलेजका विद्यार्थीले भारतमा नेपाली छात्राको मृत्युको विरोधमा गरे प्रदर्शन

काठमाडौं, १९ वैशाख । पद्मकन्या कलेज, काठमाडौंका विद्यार्थीहरुले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको मृत्युको घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै बुधबार बिहान प्रदर्शन गरेका छन् ।

स्ववियुको नेतृत्वमा भएको प्रदर्शनमा सहभागी विद्यार्थीहरुले कालो मास्क लगाएका थिए। उनीहरुले ‘हाम्री छोरीलाई न्याय दे’, ‘हामीलाई न्याय चाहिन्छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । स्ववियु सभापति भूपी ऐरले यो प्रदर्शन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरिएको बताइन्। पर्साको वीरगञ्ज निवासी प्रिशा बिहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ र परिवारका सदस्यहरु भारत पुगेपछि पोष्टमार्टम गरिने तयारी छ। प्रिशाको परिवार भारत प्रस्थान गरिसकेको छ ।

यो घटनाप्रति दुख व्यक्त गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले छानबिनका लागि कूटनीतिक पहल सुरु गरिएको बताएकी छन्। उनले सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिएको र भारतीय अधिकारीहरुसँग समन्वय भइरहेको उल्लेख गरिन् ।

 


Thali Mobile Pvt.Ltd.