भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पद्मकन्या कलेजका विद्यार्थीले भारतमा नेपाली छात्राको मृत्युको विरोधमा गरे प्रदर्शन

पद्मकन्या कलेजका विद्यार्थीले भारतमा नेपाली छात्राको मृत्युको विरोधमा गरे प्रदर्शन

काठमाडौं, १९ वैशाख । पद्मकन्या कलेज, काठमाडौंका विद्यार्थीहरुले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको मृत्युको घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै बुधबार बिहान प्रदर्शन गरेका छन् ।

स्ववियुको नेतृत्वमा भएको प्रदर्शनमा सहभागी विद्यार्थीहरुले कालो मास्क लगाएका थिए। उनीहरुले ‘हाम्री छोरीलाई न्याय दे’, ‘हामीलाई न्याय चाहिन्छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । स्ववियु सभापति भूपी ऐरले यो प्रदर्शन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरिएको बताइन्। पर्साको वीरगञ्ज निवासी प्रिशा बिहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ र परिवारका सदस्यहरु भारत पुगेपछि पोष्टमार्टम गरिने तयारी छ। प्रिशाको परिवार भारत प्रस्थान गरिसकेको छ ।

यो घटनाप्रति दुख व्यक्त गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले छानबिनका लागि कूटनीतिक पहल सुरु गरिएको बताएकी छन्। उनले सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिएको र भारतीय अधिकारीहरुसँग समन्वय भइरहेको उल्लेख गरिन् ।

 


Thali Mobile Pvt.Ltd.