भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कर्णालीको माटो र मनको आवाज–रंगेली सुवा’ सार्वजनिक

कर्णालीको माटो र मनको आवाज–रंगेली सुवा’ सार्वजनिक

काठमाडौं । कर्णाली र सुदूरपश्चिमको मौलिक लोकधुनमा आधारित ‘रंगेली सुवा’ नामक नयाँ देउडा गीत सार्वजनिक भएको छ। लोकसंगीत प्रेमीहरूका लागि गहिरो सन्देश बोकेको यस गीतले दैलेख र अछामको भूगोल, संस्कृति, प्रेम र पर्यटनलाई शब्द र धुनमार्फत जीवन्त बनाएको छ।

गीतमा आवाज दिएका छन् लोकसंगीतका युवा प्रतिभा, चर्चित गायक विनोद विश्वकर्मा र रेशमा विश्वकर्माले। गीतका शब्द गोपी दैलेखीका हुन् भने संगीत संयोजन प्रभाश दैलेखीले गरेका छन्। यस गीतमा संगीत विनोद विश्वकर्माकै रहेको छ भने बाँसुरी वादन रत्न विक, सारङ्गी हेमन्त कान्छा रसाइली र रिदम भुवन गन्धर्वको रहेको छ ।

‘रंगेली सुवा’ केटा–केटीबीचको देउडा संवाद हो। संवादमा प्रेम मात्र होइन, पहिचान पनि छ। केटाले आफ्नो गाउँ, माटो र मनको कुरा राख्छ भने केटीले अछामको स्वरूप, स्वाभिमान र सरलतालाई शब्दमा पोख्छे।
गीतले भन्छ – केटाः पावती कैलाश घाउनी, शिव वस्या ध्यान
                              काकी हौं रंगीलीस् सुवा, होइजाउ चिनपहिचान ।

केटीः  सेल बस्न्या बरपीपलु, बैशाख घामकी
साइ चल्याबाज काँका भयौं, म त अछामकी ।

शब्द, लय र स्वरको संयोजन यस्तो लाग्छ–श्रोताको हृदयमा सिधै पुग्छ। दैलेखको हरियाली, अछामको घाम, गाउँको पाटन, र कर्णालीको माया—सबै एकै गीतमा समेटिएको छ। गीतले केवल प्रेम कथा मात्र होइन, पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणलाई पनि सन्देश दिएको छ। दैलेख–अछामजस्ता सांस्कृतिक रूपमा धनी क्षेत्रको सुन्दरता गीतमार्फत उजागर गरिएको छ।

शब्दमा रहेको पाटन, पीपल, घाम, बारी, भोट्या दाई, कलेजी अन्तर जस्ता प्रतीकले ग्रामीण जीवनको सौन्दर्यलाई सहजै अनुभव गर्न सकिन्छ। गीत टिपीकल देउडा भाकामा आधारित छ। कुनै कृत्रिमताविना, पूर्णरूपमा मौलिक लय, स्वर, रचना र शैलीमा तयार गरिएको यस गीतले देउडाको पारम्परिक सौन्दर्यमा आधुनिक सन्देश थपेको छ।

गीत सार्वजनिक भएको छोटो समयमा नै सामाजिक सञ्जाल र युट्युबमा सकारात्मक प्रतिक्रियाहरू आइरहेका छन्। लोकधुन, प्रेम भाव र क्षेत्रीय प्रस्तुतिका कारण गीतले कर्णाली, सुदूरपश्चिम र प्रवासमा बस्ने नेपालीहरूलाई जोड्न सफल भएको देखिन्छ। गीत सामाजिक सञ्लहरुमा सार्वजनिक भएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.