भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्णालीको माटो र मनको आवाज–रंगेली सुवा’ सार्वजनिक

कर्णालीको माटो र मनको आवाज–रंगेली सुवा’ सार्वजनिक

काठमाडौं । कर्णाली र सुदूरपश्चिमको मौलिक लोकधुनमा आधारित ‘रंगेली सुवा’ नामक नयाँ देउडा गीत सार्वजनिक भएको छ। लोकसंगीत प्रेमीहरूका लागि गहिरो सन्देश बोकेको यस गीतले दैलेख र अछामको भूगोल, संस्कृति, प्रेम र पर्यटनलाई शब्द र धुनमार्फत जीवन्त बनाएको छ।

गीतमा आवाज दिएका छन् लोकसंगीतका युवा प्रतिभा, चर्चित गायक विनोद विश्वकर्मा र रेशमा विश्वकर्माले। गीतका शब्द गोपी दैलेखीका हुन् भने संगीत संयोजन प्रभाश दैलेखीले गरेका छन्। यस गीतमा संगीत विनोद विश्वकर्माकै रहेको छ भने बाँसुरी वादन रत्न विक, सारङ्गी हेमन्त कान्छा रसाइली र रिदम भुवन गन्धर्वको रहेको छ ।

‘रंगेली सुवा’ केटा–केटीबीचको देउडा संवाद हो। संवादमा प्रेम मात्र होइन, पहिचान पनि छ। केटाले आफ्नो गाउँ, माटो र मनको कुरा राख्छ भने केटीले अछामको स्वरूप, स्वाभिमान र सरलतालाई शब्दमा पोख्छे।
गीतले भन्छ – केटाः पावती कैलाश घाउनी, शिव वस्या ध्यान
                              काकी हौं रंगीलीस् सुवा, होइजाउ चिनपहिचान ।

केटीः  सेल बस्न्या बरपीपलु, बैशाख घामकी
साइ चल्याबाज काँका भयौं, म त अछामकी ।

शब्द, लय र स्वरको संयोजन यस्तो लाग्छ–श्रोताको हृदयमा सिधै पुग्छ। दैलेखको हरियाली, अछामको घाम, गाउँको पाटन, र कर्णालीको माया—सबै एकै गीतमा समेटिएको छ। गीतले केवल प्रेम कथा मात्र होइन, पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणलाई पनि सन्देश दिएको छ। दैलेख–अछामजस्ता सांस्कृतिक रूपमा धनी क्षेत्रको सुन्दरता गीतमार्फत उजागर गरिएको छ।

शब्दमा रहेको पाटन, पीपल, घाम, बारी, भोट्या दाई, कलेजी अन्तर जस्ता प्रतीकले ग्रामीण जीवनको सौन्दर्यलाई सहजै अनुभव गर्न सकिन्छ। गीत टिपीकल देउडा भाकामा आधारित छ। कुनै कृत्रिमताविना, पूर्णरूपमा मौलिक लय, स्वर, रचना र शैलीमा तयार गरिएको यस गीतले देउडाको पारम्परिक सौन्दर्यमा आधुनिक सन्देश थपेको छ।

गीत सार्वजनिक भएको छोटो समयमा नै सामाजिक सञ्जाल र युट्युबमा सकारात्मक प्रतिक्रियाहरू आइरहेका छन्। लोकधुन, प्रेम भाव र क्षेत्रीय प्रस्तुतिका कारण गीतले कर्णाली, सुदूरपश्चिम र प्रवासमा बस्ने नेपालीहरूलाई जोड्न सफल भएको देखिन्छ। गीत सामाजिक सञ्लहरुमा सार्वजनिक भएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.